सञ्चालनमा आयो प्युठानको दम्ती सबस्टेसन , विद्युत् आपूर्ति हुँदा ३२ हजार घरधुरी लाभान्वित
जलसरोकार
प्युठान,: नेपाल विद्युत् प्राधिकरणले प्युठानको दम्तीमा निर्माण गरेको सबस्टेसन सञ्चालनमा ल्याएको छ ।
आठ वर्षअघि निर्माण थालिएको सबस्टेसन यही कात्तिक १४ गतेदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण प्युठान वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दासले जानकारी दिए ।
दासका अनुसार सबस्टेसनबाट तीन वटा ११ केभी फिडरमार्फत जिल्लामा विद्युत् आपूर्ति गरिएको छ । यसबाट करिब ३२ हजार घरधुरी लाभान्वित हुने उनको भनाइ छ ।
उनले भने, ‘अब जुम्रीबाट ३३ केभीबाट दम्ती सबस्टेसन विद्युत जान्छ, त्यसपछि मात्रै ११ केभीबाट वितरण गरिने हुँदा भोल्टेज सुधार हुने र विद्युत् आपूर्तिको विश्वसनीयता बढ्ने छ ।’
प्राधिकरण र त्रिपुरेश्वर जय दुर्गे जेभीबीच ५ करोड ३६ लाख ६० हजार ६८२ रुपैयाँमा २०७४ जेठ १७ गते सबस्टेसन निर्माणको लागि ठेक्का सम्झौता भएको थियो ।
तर, ‘स्थानीयले काममा अवरोध गरेको’ भन्दै निर्माण कम्पनीले काम रोकेपछि सबस्टेसनको काम अलपत्र परेको थियो । प्राधिकरणले निर्माण कम्पनीसँग सम्झौता तोडेर काम अघि बढाएपछि सबस्टेसन सञ्चालनमा आएको हो ।
जिल्लाका ९ वटा स्थानीय तहका ६४ वडामध्ये नौबहिनी–१ को स्याउलीबाङ र गौमुखी–३ को खराबाहेक सबै स्थानमा विद्युत् लाइन पुगेको प्राधिकरणले जनाएको छ । जिल्लाका ४५ हजार घरधुरीमध्ये ४४ हजार घरधुरीमा विद्युत् पुगेको छ । आउँदो पुस महिनाभित्र प्युठान जिल्लाका सबै घरमा बिजुली पुग्ने प्राधिकरणले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारबाट लखेटिएको जल तथा ऊर्जा आयोगलाई ‘नलेज सेन्टर’ बनाइने
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह
-
बिजक लिएर खरिद गर्नेलाई उपहार, सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
-
सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो
-
आर्थिक वर्ष २०८२/८३ मा ३,२११ मेगावाट क्षमताका ९९ जलविद्युत् आयोजनाले पाए सर्वेक्षण अनुमति