मेलम्चीको पानी पूर्ण रूपमा रोकियो
जलसरोकार
काठमाडौँ: आफ्ना माग पूरा नभएको भन्दै मेलम्ची खानेपानीका भेण्डर, बाढी पीडित र स्थानीय समितिहरूले काठमाडौँ पथान्तरण बन्द गरेका छन् ।
मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले पानी बन्द गरेको जानकारी मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले दिए ।
दासका अनुसार, “गत वर्ष तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौताको कार्यान्वयन माग गर्दै स्थानीयले मुहान बन्द गर्नु भएको हो । मुहान बन्द भएपछि बिहीबार दिउँसोदेखि काठमाडौँमा मेलम्चीको पानी पूर्ण रूपमा रोकिएको छ ।”
स्थानीयवासीहरूले विसं २०७८ सालको बाढी–पहिरो पीडित तथा अन्य सरोकारवालाका माग पूरा नभएको कारण पानी पथान्तरण रोक्न बाध्य भएको उल्लेख गरिएको छ । वर्षा सुरु भएपछि असारमा बन्द भएको पानी आपूर्ति गत असोज २६ गतेदेखि पुनः सुरु गरिएको थियो ।
कार्यकारी निर्देशक दासले भने, “मेलम्चीको पानी काठमाडौँमा आपूर्ति सुनिश्चित गर्न आन्दोलनरत पक्षसँग वार्ता गरी निकास निकालिने छ।”
सिन्धुपाल्चोक र काभ्रेका चार वटा सरोकार समितिले एक हप्ता अघि काठमाडौँको पानीपोखरीस्थित मेलम्ची कार्यालयमा तालाबन्दी समेत गरेको जानकारी छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुन–चाँदीको भाउ नयाँ रेकर्डमा, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो
-
वीरगञ्ज नाकाबाट पाँच महिनामा साढे तीन खर्बभन्दा बढीको आयात, १७ प्रतिशतले वृद्धि
-
किमाथाङ्का अरुण जलविद्युत् आयोजनामा सङ्खुवासभाका सबै स्थानीय तह लगानी गर्न सहमत
-
बूढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत् आयोजना निर्माणको तयारी
-
कोशीका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भू–भागमा मौसम सफा रहने पूर्वानुमान
-
सुनकोशी-मरिण आयोजनाका ठेकेदार पटेल-रमण जेभीको करिब १ करोड बढी विद्युत् महसुल बक्यौता तिर्न बाँकी, काटियो लाइन