मेलम्चीको पानी पूर्ण रूपमा रोकियो
जलसरोकार
काठमाडौँ: आफ्ना माग पूरा नभएको भन्दै मेलम्ची खानेपानीका भेण्डर, बाढी पीडित र स्थानीय समितिहरूले काठमाडौँ पथान्तरण बन्द गरेका छन् ।
मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले पानी बन्द गरेको जानकारी मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले दिए ।
दासका अनुसार, “गत वर्ष तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौताको कार्यान्वयन माग गर्दै स्थानीयले मुहान बन्द गर्नु भएको हो । मुहान बन्द भएपछि बिहीबार दिउँसोदेखि काठमाडौँमा मेलम्चीको पानी पूर्ण रूपमा रोकिएको छ ।”
स्थानीयवासीहरूले विसं २०७८ सालको बाढी–पहिरो पीडित तथा अन्य सरोकारवालाका माग पूरा नभएको कारण पानी पथान्तरण रोक्न बाध्य भएको उल्लेख गरिएको छ । वर्षा सुरु भएपछि असारमा बन्द भएको पानी आपूर्ति गत असोज २६ गतेदेखि पुनः सुरु गरिएको थियो ।
कार्यकारी निर्देशक दासले भने, “मेलम्चीको पानी काठमाडौँमा आपूर्ति सुनिश्चित गर्न आन्दोलनरत पक्षसँग वार्ता गरी निकास निकालिने छ।”
सिन्धुपाल्चोक र काभ्रेका चार वटा सरोकार समितिले एक हप्ता अघि काठमाडौँको पानीपोखरीस्थित मेलम्ची कार्यालयमा तालाबन्दी समेत गरेको जानकारी छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग