काठमाडौंका विभिन्न क्षेत्रमा पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने
जलसरोकार
काठमाडौं: नेपाल विद्युत प्राधिकरणले १३२ केभी लाइनको बसबार जडान कार्यका कारण शनिबार बिहान काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।
प्राधिकरणका अनुसार मंसिर २२ गते (शनिबार) बिहान ५ बजे देखि बिहान १० बजे सम्म उक्त कार्य भइरहेकाले उक्त अवधिमा प्रभावित क्षेत्रमा अस्थायी रूपमा बिजुली आपूर्ति रोकिनेछ ।
प्राधिकरणले जारी गरेको सूचनाअनुसार काठमाडौं, ललितपुर र भक्तपुरका केही स्थानमा विद्युत आपूर्ति बन्द हुनेछ ।
काठमाडौं क्षेत्रमा कलंकी, सुकेधारा, न्यूरोड, बालाजु, सितापाइला, कालीमाटी, टेकु, सिंहदरबार, नयाँबानेश्वर, थापाथली, अनामनगर, दरबारमार्ग, जावलाखेल, पुल्चोक, सानेपा, झम्सिखेल, बागडोल र ढोलेश्वर क्षेत्र प्रभावित हुनेछन् ।
ललितपुर क्षेत्रमा पुल्चोक, जावलाखेल, ललितपुर, कुपण्डोल, सानेपा र इमाडोल आसपासका क्षेत्रमा आपूर्ति बन्द हुनेछ ।
भक्तपुर क्षेत्रमा ठिमी, बालकोट, कटुनजे र जगाती क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले उपभोक्ताहरुलाई असुविधा हुन नदिन आवश्यक तयारी गर्न आग्रह गर्दै सम्भावित जोखिम न्यूनिकरणका लागि सावधानी अपनाउन पनि अनुरोध गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्