उद्योग वाणिज्य महासंघले ‘राष्ट्रिय बृहत आर्थिक बहस आयोजना गर्दै
जलसरोकार
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा “राष्ट्रिय बृहत आर्थिक बहस २.०” कार्यक्रमको आयोजना गर्ने भएको छ । देशको हालको आर्थिक अवस्था, जेनजी आन्दोलनपछिको परिदृश्य र आगामी कार्यदिशा तय गर्नका लागि यो बहस आयोजना गरिएको महासंघले जनाएको छ ।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथि रहनेछिन् । साथै, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर प्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ, गृह मन्त्री ओम प्रकाश अर्याल र उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हाको पनि सहभागिता रहनेछ ।
महासंघका अनुसार कार्यक्रममा मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालयका सचिवहरू, नेपालस्थित विभिन्न देशका राजदूतहरू, विकास साझेदार संस्था तथा नियोगका प्रमुख एवं प्रतिनिधि, साथै निजी क्षेत्रका प्रमुख उद्योगी–व्यवसायी र पदाधिकारीहरूको उपस्थिति रहनेछ ।
महासंघले २०८० सालमा “राष्ट्रिय बृहत आर्थिक बहस” पहिलो श्रृंखला आयोजना गरेको थियो । दोस्रो संस्करणको यो बहसले सरकार, निजी क्षेत्र र विकास साझेदारबीच नीतिगत संवाद र आर्थिक पुनरुत्थानका मार्ग तय गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो