ग्लोबल आइएमई बैंकको खुद नाफा २२.९२ प्रतिशतले वृद्धि
जलसरोकार
काठमाडौँ: ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशत बढी हो। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कुल सञ्चालन आम्दानी ५.३६ प्रतिशत र सञ्चालन मुनाफा १०.४४ प्रतिशत वृद्धि भएको छ। यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९५ पैसा रहेको छ ।
यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा, प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ५० पैसा, र मूल्य–आम्दानी अनुपात (ए÷भ् च्बतष्य) १२.१० गुणा कायम छ ।
खुद फि तथा कमिशन आम्दानी २.६२ प्रतिशतले वृद्धि भएको छ। बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड र जगेडा कोषमा ३० अर्ब ३० करोड रुपैयाँ सञ्चित छ ।
तेस्रो त्रैमाससम्ममा बैंकले ५ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य