समान्य बढ्यो सुनको भाउ , आज कतिमा हुँदैछ खरिद–बिक्री रु
जलसरोकार
काठमाडौँ: शुक्रवार नेपाली बजारमा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ प्रति तोला कायम भएको छ । अघिल्लो दिन सुनको भाउ २ लाख ३७ हजार ८ सय रुपैयाँ थियो ।
महासंघका अनुसार, पछिल्ला दिन अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केही बढ्दा नेपाली बजारमा समेत प्रभाव परेको हो । यसअघि असोज ३१ गते सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँको रेकर्ड कायम गरेको थियो ।
त्यस्तै, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिन चाँदीको मूल्य ३ हजार १० रुपैयाँ थियो भने शुक्रवार ३ हजार २० रुपैयाँ प्रति तोला पुगेको छ । यसअघि असोज ३१ गते चाँदीको मूल्य ३ हजार ३५० रुपैयाँको रेकर्ड बनाएको थियो ।
विशेषज्ञहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य उतार–चढाव र अमेरिकी डलरको अवमूल्यनले नेपालमा पनि मूल्य परिवर्तनमा प्रभाव पारिरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
उद्योग वाणिज्य महासंघले ‘राष्ट्रिय बृहत आर्थिक बहस आयोजना गर्दै
-
ऊर्जा मन्त्रालयको स्पष्टोक्ति : भारतसँगको प्रसारण लाइनमा नेपालले एक्लै भाडा तिर्नु नपर्ने
-
मेलम्चीको पानी पूर्ण रूपमा रोकियो
-
समान्य बढ्यो सुनको भाउ , आज कतिमा हुँदैछ खरिद–बिक्री रु
-
ग्लोबल आइएमई बैंकको खुद नाफा २२.९२ प्रतिशतले वृद्धि
-
एनएमबी बैंकको खुद नाफा ९१ करोड ५९ लाख रुपैयाँ