समान्य बढ्यो सुनको भाउ , आज कतिमा हुँदैछ खरिद–बिक्री रु
जलसरोकार
काठमाडौँ: शुक्रवार नेपाली बजारमा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ प्रति तोला कायम भएको छ । अघिल्लो दिन सुनको भाउ २ लाख ३७ हजार ८ सय रुपैयाँ थियो ।
महासंघका अनुसार, पछिल्ला दिन अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केही बढ्दा नेपाली बजारमा समेत प्रभाव परेको हो । यसअघि असोज ३१ गते सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँको रेकर्ड कायम गरेको थियो ।
त्यस्तै, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिन चाँदीको मूल्य ३ हजार १० रुपैयाँ थियो भने शुक्रवार ३ हजार २० रुपैयाँ प्रति तोला पुगेको छ । यसअघि असोज ३१ गते चाँदीको मूल्य ३ हजार ३५० रुपैयाँको रेकर्ड बनाएको थियो ।
विशेषज्ञहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य उतार–चढाव र अमेरिकी डलरको अवमूल्यनले नेपालमा पनि मूल्य परिवर्तनमा प्रभाव पारिरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य