एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न
जलसरोकार
काठमाडौं : एनएमबि बैंकले एनएमबि बैंकले बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकको गट्ठाघर शाखाबाट शुरु भई शंखधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिर सम्म पुगि समापन भएको थियो ।
समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।
एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बैंकका कर्मचारी, मध्यपुर थिमि नगरपालिकाका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु तथा सर्वसाधारण गरी लगभग ७०० जनाको सहभागिता थियो ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा मध्यपुर थिमि नगरपालिकाका मेयर श्री सुरेन्द्र श्रेष्ठ उपस्तिथ थिए । उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा तथा वातावरण संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाइ पाँच लाख रुपैयाँ सहयोगका साथैे मध्यपुर थिमि नगरपालिकाकालाई डस्टविनहरु समेत हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार यस्तै प्रकारका कार्यक्रमहरु सातै प्रदेशमा समेत गरीएको छ ।
बैंकले कोशी प्रदेशमा पूर्व बस स्ट्यान्डदेखि पाउ पाथिभरा मन्दिर झापासम्म, मधेस प्रदेशमा बीरगंज शाखादेखि शंकराचार्य गेट सम्म, चितवनमा लायन्स चोकदेखि हरिहर मन्दिरसम्म, गण्डकी प्रदेशमा लेकसाइड शाखादेखि राम मन्दिर बिरौटासम्म, लुम्बिनी प्रदे्रशमा भल्वारी शाखादेखि मोक्ष धाम सेवा आश्रमसम्म, कर्णाली प्रदे्रशमा वीरेन्द्रनगर शाखादेखि काक्रेबिहार मन्दिर सम्म र सुदूर पश्चिम प्रदेशमा ग्रीन गोदावरी रिसोट देखि गोदावरी शिव मन्दिर सम्म हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा
-
बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग