३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
जलसरोकार
काठमाडौँ: नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेका अतिरिक्त तरलता व्यवस्थापनका लागि बुधबार ३५ अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत खिच्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार जम्मा ४ दिनका लागि उक्त रकम संकलन गरिनेछ । बैंक तथा वित्तीय संस्थाहरूले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणाली (इलष्लिभ द्यष्ममष्लन क्थकतझ) मार्फत बोलकबोल गर्न सक्नेछन् ।
बोलकबोलको आधारमा ब्याजदर निर्धारण हुनेछ । सहभागी संस्थाहरूले घटिमा १० करोड रुपैयाँदेखि बढीमा ५ करोडको दरले भाग जाने गरी सबै रकमसम्म बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ ।
निक्षेप संकलनको बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइनेछ र त्यसैअनुसार ३५ अर्ब रुपैयाँसम्म रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।
यो कदमबाट बजारमा देखिएको अतिरिक्त तरलता घटाउने र मौद्रिक सन्तुलन कायम राख्ने उद्देश्य रहेको बताइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो