३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
जलसरोकार
काठमाडौँ: नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेका अतिरिक्त तरलता व्यवस्थापनका लागि बुधबार ३५ अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत खिच्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार जम्मा ४ दिनका लागि उक्त रकम संकलन गरिनेछ । बैंक तथा वित्तीय संस्थाहरूले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणाली (इलष्लिभ द्यष्ममष्लन क्थकतझ) मार्फत बोलकबोल गर्न सक्नेछन् ।
बोलकबोलको आधारमा ब्याजदर निर्धारण हुनेछ । सहभागी संस्थाहरूले घटिमा १० करोड रुपैयाँदेखि बढीमा ५ करोडको दरले भाग जाने गरी सबै रकमसम्म बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ ।
निक्षेप संकलनको बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइनेछ र त्यसैअनुसार ३५ अर्ब रुपैयाँसम्म रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।
यो कदमबाट बजारमा देखिएको अतिरिक्त तरलता घटाउने र मौद्रिक सन्तुलन कायम राख्ने उद्देश्य रहेको बताइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली