विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
जलसरोकार
काठमाडौँ: उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो परिमाणमा रकम विदेशिएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो महिनासम्मको आर्थिक विवरणअनुसार भदौ महिनामा मात्रै विद्यार्थीहरूले ३२ अर्ब ७६ करोड रुपैयाँ विदेश लगेका छन् ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यो रकम २८ अर्ब २० करोड रुपैयाँ थियो। यसरी अध्ययन प्रयोजनमा विदेश पठाइने रकममा उल्लेखनीय वृद्धि भएको छ ।
समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय पनि ९.६ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा भ्रमण व्यय ४३ अर्ब १८ करोड रुपैयाँ मात्र थियो ।
यस्तै, खुद सेवा आय (ल्भत क्भचखष्अभ क्ष्लअयmभ) ३१ अर्ब १६ करोड रुपैयाँले घाटामा गएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २७ अर्ब ९३ करोड रुपैयाँ घाटा थियो ।
सेवा खाताअन्तर्गत भ्रमण आय भने ९.८ प्रतिशतले बढेर ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० अर्ब ५५ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
समग्रमा, विद्यार्थी र पर्यटकसम्बन्धी सेवा कारोबारमा विदेशतर्फ रकम बहिर्गमन बढ्दो क्रममा रहेकोले नेपालको सेवा सन्तुलनमा थप दबाब परेको देखिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली