विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
जलसरोकार
काठमाडौँ: उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो परिमाणमा रकम विदेशिएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो महिनासम्मको आर्थिक विवरणअनुसार भदौ महिनामा मात्रै विद्यार्थीहरूले ३२ अर्ब ७६ करोड रुपैयाँ विदेश लगेका छन् ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यो रकम २८ अर्ब २० करोड रुपैयाँ थियो। यसरी अध्ययन प्रयोजनमा विदेश पठाइने रकममा उल्लेखनीय वृद्धि भएको छ ।
समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय पनि ९.६ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा भ्रमण व्यय ४३ अर्ब १८ करोड रुपैयाँ मात्र थियो ।
यस्तै, खुद सेवा आय (ल्भत क्भचखष्अभ क्ष्लअयmभ) ३१ अर्ब १६ करोड रुपैयाँले घाटामा गएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २७ अर्ब ९३ करोड रुपैयाँ घाटा थियो ।
सेवा खाताअन्तर्गत भ्रमण आय भने ९.८ प्रतिशतले बढेर ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० अर्ब ५५ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
समग्रमा, विद्यार्थी र पर्यटकसम्बन्धी सेवा कारोबारमा विदेशतर्फ रकम बहिर्गमन बढ्दो क्रममा रहेकोले नेपालको सेवा सन्तुलनमा थप दबाब परेको देखिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य