देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : देशभर आज कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नपर्ने भएकाले अधिकांश भूभागमा मौसम सफा रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाले कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। अन्य प्रदेशमा भने वर्षाको पूर्वानुमान गरिएको छैन।
त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। हावापानी अनुकूल भएकाले आज हवाई तथा सडक यातायातमा असर नपर्ने अनुमान गरिएको छ। विभागले दैनिक गतिविधि र यात्रा सहज हुने उल्लेख गर्दै आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता