अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
जलसरोकार
वासिङ्टन डीसी,: विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिकाको वासिङ्टन डीसी पुगेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले मंगलबार दुवै संस्थाका उच्च पदाधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
अर्थमन्त्री खनालले विश्व बैंक समूहकी प्रवन्ध निर्देशक आन्ना बेजर्डेसँगको भेटमा नेपालमा जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुका साथै सुशासन र उत्तरदायित्व प्रवद्र्धन गर्नु रहेको बताए । उनले व्यवसायिक वातावरण सुधारका लागि आवश्यक संस्थागत, प्रक्रियागत र कानुनी सुधार कार्यलाई तीव्रता दिने सरकारको प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री खनालले नेपालको विकास प्रयासमा विश्व बैंक समूहले गर्दै आएको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा नेपाल–विश्व बैंक सहकार्यलाई अझ सुदृढ बनाइने उल्लेख गरे । उक्त अवसरमा प्रवन्ध निर्देशक बेजर्डेले अन्तरिम सरकारसँग विश्व बैंक सहकार्य गर्न इच्छुक रहेको बताउँदै नेपालमा आर्थिक र विकास व्यवस्थापन सुधारका विषयमा विस्तृत छलफल गरेका थिए ।
यसैबीच, अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोषका उप–प्रवन्ध निर्देशक बो लीसँग पनि भेटवार्ता गरेका थिए । भेटमा मन्त्री खनालले नेपालको आर्थिक सुधार प्रक्रियामा कोषले पु-याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै, हाल कोषसँगको सहकार्यमा सञ्चालनमा रहेको विस्तारित कर्जा सुविधा (Extended Credit Facility)अन्तर्गतका बाँकी सुधार कार्यहरूलाई अघि बढाइने बताए ।
IMF का उप–प्रवन्ध निर्देशक बो लीले सो अवसरमा विस्तारित कर्जा सुविधाको छैटौँ समीक्षा सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकारलाई बधाई दिँदै, आगामी आर्थिक सुधारका लागि कोषको निरन्तर सहयोग रहने बताए ।
भेटका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल पनि उपस्थित थिए ।
अर्थमन्त्री खनालले उक्त दिन नेपाल–अमेरिका चेम्बर अफ कमर्सद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा समेत सम्बोधन गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो