एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
जलसरोकार
काठमाडौं,: मंगलबार सुनको मूल्य एकैदिनमा तोलामा ८ हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो ।
सोमबारसम्म तोलामा २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार अचानक बढेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढिरहेकोले यसको प्रत्यक्ष असर स्थानीय बजारमा पनि देखिएको महासङ्घको विश्लेषण छ ।
यसैबीच, चाँदीको मूल्य पनि मंगलबार बढेको छ । सोमबार तोलामा ३ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ३ हजार ३२५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च बिन्दु मानिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य