सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

एनएमबी बैंक र भिसाबीच अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न सम्झौता

जलसरोकार
बिहीबार, कात्तिक १३, २०८३ | ११:२३:५४ बजे

काठमाडौं : एनएमबी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिसासँग सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकले ‘भिसा डाइरेक्ट टु अकाउन्ट’ प्रविधि एकीकृत गरी ग्राहकलाई विदेशमा रकम पठाउने थप विकल्प उपलब्ध गराउनेछ।

बैंकका अनुसार भिसाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रमा सञ्चालनमा छ। यस प्रविधिको प्रयोगबाट सीमापार रकम स्थानान्तरणलाई सहज, भरपर्दो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सम्झौतापछि एनएमबी बैंकका ग्राहकले उक्त सेवामार्फत विदेशमा रकम पठाउन सक्नेछन्। यसले अन्तर्राष्ट्रिय रकम स्थानान्तरणका लागि ग्राहकलाई थप सहज विकल्प उपलब्ध गराउने बैंकले जनाएको छ।

एनएमबी बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले डिजिटल वित्तीय सेवाको विस्तार र सुधारलाई निरन्तरता दिँदै आएको जनाएको छ।

प्रकाशित मिति : बिहीबार, कात्तिक १३, २०८३ | ११:२३:५४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया