सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेप्से १३ अंक घट्यो, कारोबार रकम पनि ४ अर्ब ७२ करोडमा सीमित

जलसरोकार
बिहीबार, कात्तिक २०, २०८३ | १५:३९:०८ बजे

 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १२ दशमलव ९५ अंकले घटेर २ हजार ६ सय ५२ दशमलव ५८ विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा बजार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ५७ अंक, फ्लोट इन्डेक्स शून्य दशमलव ९६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६८ अंकले घटेका छन् ।

बिहीबार ३४९ कम्पनीका १ करोड २३ लाख ७३ हजार ७ सय ३ कित्ता शेयर ४४ हजार ४१२ पटक कारोबार हुँदा कुल ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ । बुधबार भने ७ अर्ब ४३ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको थियो ।

यस दिन कारोबारमा आएका अधिकांश कम्पनीको शेयरमूल्य घटेको छ । केबीएल डिबेञ्चर २०८६ को मूल्य सर्वाधिक ५ दशमलव ०९ प्रतिशत घट्दा चिरख्वा हाइड्रोपावरको शेयरमूल्य करिब साढे ४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको १८ करोड १९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ५० लाख रुपैयाँभन्दा बढी र घलेम्दी हाइड्रोको १४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये लघुवित्त उपसमूहको परिसूचक सामान्य बढेको छ भने बाँकी १२ उपसमूह घटेका छन् । उत्पादन तथा प्रशोधन उपसमूह सबैभन्दा धेरै ६६ दशमलव १२ अंकले घटेको छ ।

प्रकाशित मिति : बिहीबार, कात्तिक २०, २०८३ | १५:३९:०८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया