सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

एकैदिन सुन तोलामा १३ हजार ३ सयले महँगियो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?

जलसरोकार
बिहीबार, कात्तिक २०, २०८३ | ११:२१:०८ बजे

 

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बिहीबार एकैदिन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ पुगेको छ । बुधबार सुन २ लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च दरमा बढेपछि त्यसको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी प्रतितोला २ सय ६५ रुपैयाँले बढेर ३ हजार ९ सय २० रुपैयाँ पुगेको छ । बुधबार चाँदी ३ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

तिहार नजिकिँदै गर्दा सुनचाँदीको मूल्यमा आएको यो तीव्र वृद्धिले उपभोक्तामाथि खरिद लागत थप बढाएको छ ।

प्रकाशित मिति : बिहीबार, कात्तिक २०, २०८३ | ११:२१:०८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया