धनतेरसलाई लक्षित गर्दै राष्ट्र बैंकले बेच्न थाल्यो सुन–चाँदीका सिक्का
जलसरोकार
काठमाडौं : नेपाल राष्ट्र बैंकले धनतेरसलाई लक्षित गर्दै बिहीबारदेखि सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ । बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैंकले सर्वसाधारण तथा संस्थागत खरिदकर्तालाई सिक्का बिक्री गर्न थालेको हो ।
धनतेरसमा सुनका असर्फीको माग बढी हुने भएकाले सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउन बिक्री खुला गरिएको राष्ट्र बैंकले जनाएको छ । व्यक्तिगत खरिदकर्ताले प्रतिव्यक्ति २ दशमलव ५ ग्राम, ५ ग्राम र १० ग्रामका एक–एक थान असर्फी खरिद गर्न सक्नेछन् ।
असर्फीको मूल्य सुनको प्रचलित बजार मूल्यमा निर्माण लागत जोडेर दैनिक रूपमा निर्धारण गरिनेछ । व्यक्तिगत खरिदकर्ताका लागि बजार मूल्यमा प्रतिग्राम २०० रुपैयाँ र संस्थागत खरिदकर्ताका लागि प्रतिग्राम ३०० रुपैयाँ थप गरी मूल्य तोकिने राष्ट्र बैंकले जनाएको छ ।
धनतेरसका अवसरमा सुन तथा चाँदीका सिक्का खरिद गर्न टक्सार विभागमा सर्वसाधारणको भीड लागेको छ । बिहानैदेखि लामो लाइनमा बसेर सर्वसाधारणले सुन–चाँदीका सिक्का खरिद गरिरहेका छन् ।
धनतेरसमा सुनचाँदीका सामग्री तथा सिक्का खरिद गर्नुलाई सुख, समृद्धि र शुभताको प्रतीक मान्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहेकाले यस दिन सिक्काको माग बढ्ने गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बिन्द्यवासिनी हाइड्रोपावरको नाफा ८ करोड ९२ लाख, आम्दानी र नाफा दुवैमा सामान्य वृद्धि
-
नेप्से १३ अंक घट्यो, कारोबार रकम पनि ४ अर्ब ७२ करोडमा सीमित
-
धनतेरसलाई लक्षित गर्दै राष्ट्र बैंकले बेच्न थाल्यो सुन–चाँदीका सिक्का
-
एकैदिन सुन तोलामा १३ हजार ३ सयले महँगियो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
पहिलो त्रैमासिकमै सिँचाइ आयोजनाको बजेट कार्यान्वयन तीव्र, ठूला आयोजनाले देखाए उत्साहजनक प्रगति
-
तिहार–छठमा विद्युत् आपूर्ति नियमित गर्न ऊर्जामन्त्री श्रेष्ठकाे निर्देशन