पाँच वर्षमा ६५ प्रतिशत कृषियोग्य जमिनमा सिँचाइ पुर्याउने नेकपाको लक्ष्य
जलसरोकार
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कृषि उत्पादन बढाउन र किसानको जीवनस्तर सुधार गर्न सिँचाइ पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ । पार्टीले आगामी पाँच वर्षभित्र ६५ प्रतिशत कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य सार्वजनिक गरेको हो ।
पार्टीले मंगलबार सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पहाडमा लिफ्ट सिँचाइ र तराईमा पम्प सिँचाइ प्रवद्र्धन गरिने उल्लेख गरिएको छ । किसान परिवारलाई ५० प्रतिशत र समूह/सहकारीलाई ६० प्रतिशतसम्म विद्युत् अनुदान उपलब्ध गराइने उल्लेख गरिएको छ । पहाडी तथा हिमाली क्षेत्रमा जलाशय तथा पोखरी निर्माण गरी सिँचाइ सुविधा विस्तार गरिनेछ भने तराई–मधेशमा हाल रहेका ४,८५० सोलार सिँचाइ पम्पलाई पाँच वर्षभित्र १० हजार पुर्याउने लक्ष्य राखिएको छ ।
किसान परिवारलाई विद्युत् अनुदान प्रदान गर्दै समूह तथा सहकारीमार्फत थप सहुलियतसहित सिँचाइ सेवा विस्तार गरिनेछ। पूर्व–पश्चिम राजमार्गसँग समानान्तर नदी पथान्तरण तथा नहर निर्माणका ठूला आयोजना अघि बढाइने पार्टीले जनाएको छ ।
राष्ट्रिय गौरवका बहुउद्देश्यीय आयोजना (सिक्टा, बबई, रानी–जमरा–कुलरिया, महाकाली–तेस्रो, भेरी–बबई डाइभर्सन, सुनकोशी–मरिन डाइभर्सन) सम्पन्न गर्दै सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ । भूमिगत जल प्रणालीमा आधारित सिँचाइ आयोजनाहरूलाई पनि प्राथमिकता दिइनेछ ।
कर्णाली प्रदेशमा एकीकृत कर्णाली सिँचाइ विशेष कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता समेत पार्टीले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?