पाँच वर्षमा ६५ प्रतिशत कृषियोग्य जमिनमा सिँचाइ पुर्याउने नेकपाको लक्ष्य
जलसरोकार
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कृषि उत्पादन बढाउन र किसानको जीवनस्तर सुधार गर्न सिँचाइ पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ । पार्टीले आगामी पाँच वर्षभित्र ६५ प्रतिशत कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य सार्वजनिक गरेको हो ।
पार्टीले मंगलबार सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पहाडमा लिफ्ट सिँचाइ र तराईमा पम्प सिँचाइ प्रवद्र्धन गरिने उल्लेख गरिएको छ । किसान परिवारलाई ५० प्रतिशत र समूह/सहकारीलाई ६० प्रतिशतसम्म विद्युत् अनुदान उपलब्ध गराइने उल्लेख गरिएको छ । पहाडी तथा हिमाली क्षेत्रमा जलाशय तथा पोखरी निर्माण गरी सिँचाइ सुविधा विस्तार गरिनेछ भने तराई–मधेशमा हाल रहेका ४,८५० सोलार सिँचाइ पम्पलाई पाँच वर्षभित्र १० हजार पुर्याउने लक्ष्य राखिएको छ ।
किसान परिवारलाई विद्युत् अनुदान प्रदान गर्दै समूह तथा सहकारीमार्फत थप सहुलियतसहित सिँचाइ सेवा विस्तार गरिनेछ। पूर्व–पश्चिम राजमार्गसँग समानान्तर नदी पथान्तरण तथा नहर निर्माणका ठूला आयोजना अघि बढाइने पार्टीले जनाएको छ ।
राष्ट्रिय गौरवका बहुउद्देश्यीय आयोजना (सिक्टा, बबई, रानी–जमरा–कुलरिया, महाकाली–तेस्रो, भेरी–बबई डाइभर्सन, सुनकोशी–मरिन डाइभर्सन) सम्पन्न गर्दै सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ । भूमिगत जल प्रणालीमा आधारित सिँचाइ आयोजनाहरूलाई पनि प्राथमिकता दिइनेछ ।
कर्णाली प्रदेशमा एकीकृत कर्णाली सिँचाइ विशेष कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता समेत पार्टीले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन, १७० मेगावाट विद्युत् प्रणालीमा जोडियो
-
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा बादल
-
दशैंमा विद्युत् आपूर्ति नियमित राख्न प्राधिकरणको तयारी
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा