नबिल बैंकको नाफा १५ प्रतिशतले वृद्धि, वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड
जलसरोकार
काठमाडौं: नबिल बैंकले गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा दोहोरो अंकको वृद्धि भएको जनाएको छ । विवरणअनुसार बैंकले २०८०÷८१ आर्थिक वर्षमा ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको ६ अर्ब १९ करोड रुपैयाँभन्दा करिब १५ प्रतिशतले बढी हो ।
बैंकका अनुसार खुद ब्याज आम्दानीमा उल्लेखनीय वृद्धि नभए पनि लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) मा ठूलो कटौती हुँदा नाफामा सकारात्मक असर परेको हो । अघिल्लो वर्ष १६ अर्ब ३१ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत वर्ष १६ अर्ब ३२ करोड रुपैयाँमा पुगेको छ, तर इम्पेरिमेन्ट चार्ज भने अघिल्लो वर्षको ४ अर्ब ६३ करोड रुपैयाँबाट घटेर २ अर्ब ३९ करोड रुपैयाँमा झरेको छ ।
गत आवमा बैंकको वार्षिक प्रतिसेयर आम्दानी (भ्एक्) २६ रुपैयाँ ३४ पैसा र वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यस आधारमा बैंकले गत वर्षको नाफाबाट प्रतिसेयर १७ रुपैयाँ ६४ पैसा लाभांश वितरण गर्ने क्षमता राख्छ ।
निष्क्रिय कर्जा (ल्एी) मा पनि बैंकले सुधार देखाएको छ । अघिल्लो वर्ष कुल कर्जामा ४.४५ प्रतिशत रहेको निष्क्रिय कर्जाको अंश गत वर्ष ४.२७ प्रतिशतमा झरेको छ । हाल नबिल बैंकको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ र बजार मूल्य प्रतिकित्ता ५२६ रुपैयाँ ३० पैसा रहेको छ ।
बैंकले आगामी वर्षमा कर्जा पोर्टफोलियो सुदृढ बनाउने, जोखिम व्यवस्थापनमा सुधार ल्याउने र लगानीको विविधीकरणमार्फत नाफा वृद्धिको दर कायम राख्ने लक्ष्य राखेको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति, प्रसारण संरचना विस्तार अझै चुनौती
-
सुनकोसी-मरिणको बाँध ठेक्का निर्णायक चरणमा, पुरानो ठेक्काको विवाद र ढिलाइको मूल्य अझै बाँकी
-
विद्युत् प्राधिकरणलाई तीन कम्पनीमा बाँड्ने खाका बन्दै, कार्यान्वयनको ढाँचा अझै स्पष्ट हुन बाँकी
-
भारी वर्षा र बाढीपहिरोको जोखिम : विद्युत् संरचनामा क्षति हुन नदिन प्राधिकरणको आग्रह
-
भोटेकोशी-त्रिशूली विपद्को पाठ अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै ऊर्जामन्त्री श्रेष्ठ
-
चक्रवात ‘अनर्ब’को प्रभाव : कात्तिक १३ र १४ गते बाढीको जोखिम