नबिल बैंकको नाफा १५ प्रतिशतले वृद्धि, वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड
जलसरोकार
काठमाडौं: नबिल बैंकले गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा दोहोरो अंकको वृद्धि भएको जनाएको छ । विवरणअनुसार बैंकले २०८०÷८१ आर्थिक वर्षमा ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको ६ अर्ब १९ करोड रुपैयाँभन्दा करिब १५ प्रतिशतले बढी हो ।
बैंकका अनुसार खुद ब्याज आम्दानीमा उल्लेखनीय वृद्धि नभए पनि लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) मा ठूलो कटौती हुँदा नाफामा सकारात्मक असर परेको हो । अघिल्लो वर्ष १६ अर्ब ३१ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत वर्ष १६ अर्ब ३२ करोड रुपैयाँमा पुगेको छ, तर इम्पेरिमेन्ट चार्ज भने अघिल्लो वर्षको ४ अर्ब ६३ करोड रुपैयाँबाट घटेर २ अर्ब ३९ करोड रुपैयाँमा झरेको छ ।
गत आवमा बैंकको वार्षिक प्रतिसेयर आम्दानी (भ्एक्) २६ रुपैयाँ ३४ पैसा र वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यस आधारमा बैंकले गत वर्षको नाफाबाट प्रतिसेयर १७ रुपैयाँ ६४ पैसा लाभांश वितरण गर्ने क्षमता राख्छ ।
निष्क्रिय कर्जा (ल्एी) मा पनि बैंकले सुधार देखाएको छ । अघिल्लो वर्ष कुल कर्जामा ४.४५ प्रतिशत रहेको निष्क्रिय कर्जाको अंश गत वर्ष ४.२७ प्रतिशतमा झरेको छ । हाल नबिल बैंकको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ र बजार मूल्य प्रतिकित्ता ५२६ रुपैयाँ ३० पैसा रहेको छ ।
बैंकले आगामी वर्षमा कर्जा पोर्टफोलियो सुदृढ बनाउने, जोखिम व्यवस्थापनमा सुधार ल्याउने र लगानीको विविधीकरणमार्फत नाफा वृद्धिको दर कायम राख्ने लक्ष्य राखेको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
२५ वर्षअघि ९/११ बाट जोगिएका ७३ वर्षीय अमेरिकी नागरिक अहिले रसुवा–तिब्बत सीमाको विपद्पछि बेपत्ता
-
आज देशका अधिकांश स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना, केही क्षेत्रमा सावधानी अपनाउन आग्रह
-
नेप्से २८ अंकले बढ्दा ४ अर्ब ३६ करोडको कारोबार
-
‘कानुन बाधक भए नयाँ ल्याउँछौँ, ढुक्क भएर लगानी गर्नुस्’ : प्रधानमन्त्री शाह
-
पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउँछौँ : अर्थमन्त्री वाग्ले
-
चिलिमे उद्धारमा कुलमान घिसिङको जानकारी : सुरुङभित्रबाट आएको चिसो हावा र प्रतिध्वनिले बढायो आशा, विद्युतगृह पुग्न १०० मिटर बाँकी