भारी वर्षा र बाढीपहिरोको जोखिम : विद्युत् संरचनामा क्षति हुन नदिन प्राधिकरणको आग्रह
विद्युत् सेवा अवरुद्ध भए तत्काल जानकारी गराउन उपभोक्तालाई अनुरोध
जलसरोकार
काठमाडौं : देशका विभिन्न भागमा भारी वर्षा हुने सम्भावना रहेकाले नेपाल विद्युत् प्राधिकरणले विद्युत् संरचनामा क्षति हुन नदिन र विद्युत् सेवा अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राखेर सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले कात्तिक १० गते जारी गरेको सार्वजनिक हितको प्रेस विज्ञप्तिमा कात्तिक १३ र १४ गते विशेष गरी देशका विभिन्न भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ। मौसम पूर्वानुमान महाशाखाले कात्तिक १० गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार सामुद्रिक क्षेत्रमा विकसित भइरहेको शक्तिशाली चक्रवातका कारण बनेको मौसमी वायु प्रणाली नेपाल प्रवेश गरी विभिन्न स्थानमा वर्षा, हिमपात, बाढी, पहिरो, चट्याङ, हुरीबतास र डुबान हुन सक्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ।
सम्भावित प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै विद्युत् संरचनामा क्षति हुन नदिन तथा विद्युत् सेवा अवरुद्ध भएमा यथाशीघ्र मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राधिकरणले सम्बन्धित कार्यालयका कर्मचारीलाई तयारी अवस्थामा राखेको जनाएको छ।
प्राधिकरणले प्रतिकूल मौसमबाट उत्पन्न हुन सक्ने जोखिमको आकलन गरी सुरक्षित स्थानमा रहन, आकस्मिक अवस्थाबाहेक अनावश्यक आवतजावत नगर्न र सावधानीपूर्वक विद्युतीय उपकरण प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्न र सोहीअनुसार आफ्ना गतिविधि सञ्चालन गर्न पनि अनुरोध गरेको छ।
विद्युत् सेवा अवरुद्ध भएमा वा विद्युत् संरचनामा क्षति पुगेमा तत्काल सम्बन्धित वितरण केन्द्र वा प्राधिकरणको हटलाइन नम्बर ११५० मा सम्पर्क गरी जानकारी दिन प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ। स्थानीय नोलाइट नम्बरमा समेत सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ।
नोलाइट सेवासम्बन्धी जानकारीका लागि प्राधिकरणले https://nea.org.np/nolights लिंक उपलब्ध गराएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्राधिकरणलाई तीन कम्पनीमा बाँड्ने खाका बन्दै, कार्यान्वयनको ढाँचा अझै स्पष्ट हुन बाँकी
-
भारी वर्षा र बाढीपहिरोको जोखिम : विद्युत् संरचनामा क्षति हुन नदिन प्राधिकरणको आग्रह
-
भोटेकोशी-त्रिशूली विपद्को पाठ अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै ऊर्जामन्त्री श्रेष्ठ
-
चक्रवात ‘अनर्ब’को प्रभाव : कात्तिक १३ र १४ गते बाढीको जोखिम
-
बाढीले क्षतिग्रस्त दोभान खोला आयोजनाको पुनर्निर्माणमा जुट्यो टोली
-
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष उत्कृष्ट बैंक पुरस्कारबाट सम्मानित