भोटेकोशी-त्रिशूली विपद्को पाठ अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै ऊर्जामन्त्री श्रेष्ठ
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मंगलबार दिउँसो थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्।
संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएन इस्क्याप) द्वारा आयोजित सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ।
यसैगरी, थाइल्याण्ड, नेपाल र यूएन इस्क्यापले संयुक्त रूपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्म : एसिया-प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी-त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ।
सम्मेलनका क्रममा मन्त्री श्रेष्ठले विपद् पूर्वसूचना प्रणाली, क्षेत्रीय उपग्रहको निःशुल्क प्रयोग र जलवायु क्षतिपूर्तिको विषय उठाउने उहाँका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनले बताए। मन्त्री श्रेष्ठले विभिन्न देशका मन्त्रीहरूसँग छुट्टै भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको महर्जनले जानकारी दिए।
मन्त्री श्रेष्ठको भ्रमण टोलीमा नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला तथा जलवायु, विपद् उत्थानशीलता र अन्तर्राष्ट्रिय विकास विज्ञ एवं वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका बोर्ड सदस्य अंकिता शाह सहभागी छन्।
मन्त्री श्रेष्ठ शनिबार स्वदेश फर्किने कार्यक्रम छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्राधिकरणलाई तीन कम्पनीमा बाँड्ने खाका बन्दै, कार्यान्वयनको ढाँचा अझै स्पष्ट हुन बाँकी
-
भारी वर्षा र बाढीपहिरोको जोखिम : विद्युत् संरचनामा क्षति हुन नदिन प्राधिकरणको आग्रह
-
भोटेकोशी-त्रिशूली विपद्को पाठ अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै ऊर्जामन्त्री श्रेष्ठ
-
चक्रवात ‘अनर्ब’को प्रभाव : कात्तिक १३ र १४ गते बाढीको जोखिम
-
बाढीले क्षतिग्रस्त दोभान खोला आयोजनाको पुनर्निर्माणमा जुट्यो टोली
-
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष उत्कृष्ट बैंक पुरस्कारबाट सम्मानित