जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादनका लागि केयु र भिरकबीच समझदारी

जलसरोकार
मंगलबार, जेठ २९, २०८१ | १३:५५:१६ बजे

 

काठमाडौं – नेपालमा ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादनका लागि काठमाडौं विश्व विद्यालय (केयू) र भिरक एण्ड कम्पनी प्रालिबीच सझदारी भएको छ । सो सम्बन्धी समझदारीमा केयूको ग्रीन हाइड्रोजन ल्याब र भिरक एण्ड कम्पनीबीच सोमबाररु हस्ताक्षर भएको हो । 

केयु र भिरक एण्ड कम्पनीले संयुक्तरूपमा ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादन तथा बिक्री वितरणलाई आर्थिक एवं प्राविधिक हिसाबले सम्भाव्य र नाफामुखी कसरी बनाउने भन्नेसम्बन्धमा काम गर्ने समझदारी भएको ग्रीन हाइड्रोजन ल्याबका प्रमुख विराजसिंह थापाले बताए । 

उनले केयुसँग ग्रीन हाइड्रोजन उत्पादन सम्बन्धि प्राविधिक ज्ञान भएको हुँदा व्यापारिक उत्पादन गर्नका लागि लगानी गर्न आउने निजी कम्पनीलाई आवश्यक कार्यमा सहजीकरण तथा पहल गर्न समझदारी अनुसार काम गरिने बताए । 

‘कुन अवस्थामा ग्रीन हाइड्रोजन उद्योग स्थापना गर्दा आर्थिक तथा प्राविधिक हिसाबले सम्भाव्य र नाफामुखी हुन्छ रु एवं कसरी ग्रीन हाइड्रोजनका आयोजनालाई बैंकले लगानी गर्न सक्ने बनाउने रु भन्ने सम्बन्धमा धेरै काम हुन बाँकी नै छ,’ उनले भने, ‘हामीले भिरकसँग मिलेर नेपालमा अब ग्रीन हाइड्रोजनलाई प्रयोगात्मकबाट प्यापारिक उत्पादनमा लगानी बढाउन सहयोग पुग्ने गरी काम गर्न यो समझदारी भएको छ ।’ 

उनले ग्रीन हाइड्रोजनमा लगानी गरी व्यापारिक उत्पादन गर्दाका चुनौतीका सम्बन्धमा पनि अध्ययन गरिने बताए । केयुले लामो समयदेखि नेपालमा ग्रीन हाइड्रोजन उत्पादनको सम्भाव्यताबारे अध्ययन अनुसन्धान तथा प्रयोगात्मक परीक्षणको काम गर्दै आएको छ ।

सरकारले केयुकै पहल तथा सहयोगमा ग्रीन हाइड्रोजन नीति २०८० जारी गरिसकेको छ । नयाँ आर्थिक वर्षको बजेटमा पनि ग्रीन हाइड्रोजनको उत्पादन तथा प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ । भखरै ग्रीन हाइड्रोजन सम्बन्धि नीति मात्रै आएकाले ग्रीन हाइड्रोजन उत्पादन तथा बिक्री वितरण गर्नका लागि संस्थागत संरचना स्थापना गर्ने लगायत थुप्रै काम गर्न बाँकी रहेको थापाले बताए । भिरक एण्ड कम्पनी पनि नेपालको ऊर्जा क्षेत्रको विकासमा लामो समयदेखि नीतिगत र वित्तीय रणनीतिकारकोरूपमा काम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : मंगलबार, जेठ २९, २०८१ | १३:५५:१६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया