पुस २७ शुक्रबारबाट मध्य भोटेकोशी आयोजनाको परीक्षण सुरु हुने
जलसरोकार
काठमाण्डाै : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी मध्य भोटेकोशी जलविद्युत् आयोजनाले निर्माण गरेको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाले उत्पादन परीक्षण पुस २७ बाट सुरु गर्ने भएको छ । सिन्धुपाल्चोक जिल्लामा अवस्थित आयोजनाले पुस २७ गते शुक्रबारबाट परीक्षणको तयारी गरेको हो । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका १ र ५ तथा बाह्रबिसे नगरपालिका ५,६,७ र ८ मा पर्ने आयोजनाको बाँध, इन्टेक, गेट, डिस्याण्डर, स्टपलग, सुरुङ्ग लगायत अन्य हेडवर्क्सका संरचनाहरूको प्राविधिक परीक्षण गर्न पौष २७ गते शुक्रबार देखि माघ १५ गते सोमबारसम्मको अवधि तोकेको छ ।
उक्त अवधिमा आयोजनाको जलाशय, तथा सुरुङ्गमा पानी भरेर परीक्षण गर्ने आयोजना प्रमुख रामगोपाल शिवाकोटीले जानकारी दिए । ‘हामीले शुक्रबारबाट आयोजनामा पानी भर्ने काम सुरु गर्न लागेका छौं’ उनले भने । आयोजनाको प्रशारण लाइन भने हालसम्म पुरा नभएको प्रमुख शिवाकोटीले जनाए । ‘आयोजनाको प्रशारण लाइनतर्फ ६ वटा पोलमा लारुइन तान्ने काम बाँकी छ,’ उनले भने, ‘ ६ महिनादेखि अवरोधमा रहेका स्थानीयसँग सहमति भएका कारण अबको १ हप्तामा सो काम सकिन्छ ।’
२०६८ साल कात्तिकमा विद्युत खरिद सम्झौता (पीपीए) गरेको उक्त कम्पनीले उक्त आयोजना सन् २०१३ मा निर्माण सुरु गरेर २०१७ मा पूरा गर्ने लक्ष्य राखेको थियो । आयोजनाको आन्तरिक असमझदारी, स्थानीय राजनीतिक द्वन्द्व, बाढीपहिरो, भूकम्प, कोरोना लगायतका समस्याका कारण निर्माणमा ढिलाइ भएको कम्पनीको दाबी छ ।
शुक्रबारबाट हुने परीक्षणका क्रममा आयोजनाको बाँधस्थलमा पानी थुन्ने र छाड्ने काम गर्नुपर्ने भएको हुँदा सो क्षेत्रमा साबवधानी अपनाउन समेत आयोजनाले आग्रह गरेको छ ।
आयोजनाले सूचनामा भनेको छ आयोजना परीक्षणको क्रममा पानी थुन्ने र छाड्नुपर्ने गरी परिक्षण गर्नुपर्ने कार्य गर्न लागिएको व्यहोरा जानकारी गराउँदै उक्त परीक्षणको क्रममा उपर्युक्त समयावधिमा आयोजनाको बाँधस्थलमा भोटेकोशी नदीको पानी छेक्ने र छोड्ने कार्यहरु गरिरहनु पर्ने र कुनै बेला एकैपटक ठूलो परिमाणमा पानी छोड्नुपर्ने भई बाँधस्थलभन्दा तल्लो तटीय क्षेत्र अन्तर्गत भोटेकोशी नदी किनारमा पर्ने नयाँपुल, संखुवा, सानो सखुवा, बोर्डरल्याण्ड बसेरी, ढालेकुना, जिरो, चित्रेबजार, जम्बु, शिरिषे, खागदल, खुर्सानीबारी, बाह्रबिसे बजार राम्चे बजार, पेरिसडाँडा, जुरे तथा सुनकोशी ड्यामसाइड बजारसम्म नै भोटेकोशी नदीको पानीको सतह घटबढ भइरहने छ । उक्त समयमा भोटेकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगाधुने, वस्तुभाउ चराउने, ढुंगागिट्टी उत्खनन गर्ने तथा नदी किनारमा कुनै पनि किसिमका कार्यहरु नगर्न,नगराउन हुन सर्वसाधारण सूचित गरेको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा
-
बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने