कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको गुरुयोजना स्वीकृत, १० अर्ब रुपैयाँको अनुमान


काठमाडौं: सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर, कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि गुरुयोजना स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा उक्त गुरुयोजना स्वीकृत गर्दै उक्त आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा निर्धारण गरेको हो ।
गुरुयोजना अनुसार रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङका अनुसार यो रङ्गशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान हुने र यसले अन्तर्राष्ट्रिय खेलकुद र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।
मन्त्री घिसिङले रङ्गशालाको विकास र आधुनीकरण रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै गुरुयोजनाअनुसार स्रोत सुनिश्चित गरी निर्माण कार्य अगाडि बढाइने जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रिपरिषद्ले जग्गा सम्बन्धी सम्झौता, वातावरणीय प्रभाव मूल्याङ्कनलाई अन्तिम रूप दिने तथा दोस्रो चरणको निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढाउने स्वीकृति समेत प्रदान गरेको छ ।
केही दिनअघि स्थलगत निरीक्षणमा पुगेका मन्त्री घिसिङले पहिलो चरणको निर्माण गुरुयोजनाअनुसार भइरहेको र बजेट अभाव हुन नदिई दोस्रो चरणको विस्तार कार्य अगाडि बढाइने बताएका थिए ।
त्रिवि र नेपाल क्रिकेट संघ (क्यान) बीच भएको क्रिकेट मैदान प्रयोगसम्बन्धी जग्गा करार सम्झौताको म्याद २०८३ वैशाखमा सकिँदैछ । मन्त्रिपरिषद् बैठकले उक्त सम्झौता नवीकरण गर्न तथा आवश्यक जग्गा प्राप्तिका लागि त्रिवि र युवा तथा खेलकुद मन्त्रालय÷राष्ट्रिय खेलकुद परिषद्बीच कानूनी प्रक्रिया अनुसार सम्झौता गर्न निर्देशन दिएको छ ।
हाल रङ्गशालाको पहिलो चरणका संरचना निर्माणाधीन छन् । आगामी १ मंसिरदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) भन्दा अगावै निर्माण सम्पन्न गर्ने गरी काम तीव्रगतिमा भइरहेको मन्त्रालयले जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
तिर्न थाले उद्योगले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता
-
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको गुरुयोजना स्वीकृत, १० अर्ब रुपैयाँको अनुमान
-
हुलास र अशोक स्टीलले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता
-
एकैदिन सुनको भाउ ७ हजार १ सय रुपैयाँले बढ्यो
-
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
-
काम नगर्ने ठेकेदारमाथि कारबाही सुरु, १७ ठेक्का सम्झौता अन्त्यको प्रक्रिया अघि बढ्यो