नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
जलसरोकार
वासिङ्टन डिसी (अमेरिका): अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी राष्ट्र भएको उल्लेख गर्दै विश्व समुदायलाई नेपाल भ्रमणका लागि आमन्त्रण गरेका छन् ।
बिहीबार विश्व बैंक समूहले आयोजना गरेको ‘दिगो पर्यटनः रोजगारी, जीवनयापन र आर्थिक वृद्धिका लागि’ विषयक अन्तर्राष्ट्रिय छलफल कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपालको पर्यटन क्षेत्र दिगो आर्थिक विकासको आधार बन्न सक्ने बताए ।
मन्त्री खनालले नेपालको पहिचान प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र अतिथि देवो भवको भावनामा आधारित न्यानो आतिथ्यतामा रहेको बताउँदै विश्वका पर्यटकहरूलाई नेपाल भ्रमणमा आउन आग्रह गरे । उनले थपे, “नेपाल आउने जो–कसैलाई हामीले सधैं न्यानो स्वागत र विश्वस्तरीय सेवा दिन तयार छौं ।”
कार्यक्रममा विभिन्न देशका मन्त्री, विकास साझेदार, पर्यटन विज्ञ र विश्व बैंक समूहका उच्च प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य