नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
जलसरोकार
वासिङ्टन डिसी (अमेरिका): अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी राष्ट्र भएको उल्लेख गर्दै विश्व समुदायलाई नेपाल भ्रमणका लागि आमन्त्रण गरेका छन् ।
बिहीबार विश्व बैंक समूहले आयोजना गरेको ‘दिगो पर्यटनः रोजगारी, जीवनयापन र आर्थिक वृद्धिका लागि’ विषयक अन्तर्राष्ट्रिय छलफल कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपालको पर्यटन क्षेत्र दिगो आर्थिक विकासको आधार बन्न सक्ने बताए ।
मन्त्री खनालले नेपालको पहिचान प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र अतिथि देवो भवको भावनामा आधारित न्यानो आतिथ्यतामा रहेको बताउँदै विश्वका पर्यटकहरूलाई नेपाल भ्रमणमा आउन आग्रह गरे । उनले थपे, “नेपाल आउने जो–कसैलाई हामीले सधैं न्यानो स्वागत र विश्वस्तरीय सेवा दिन तयार छौं ।”
कार्यक्रममा विभिन्न देशका मन्त्री, विकास साझेदार, पर्यटन विज्ञ र विश्व बैंक समूहका उच्च प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली