एकैदिन सुनको भाउ ७ हजार १ सय रुपैयाँले बढ्यो
जलसरोकार
काठमाडौं: शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ हजार १ सय रुपैयाँ बढेर २ लाख ५८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विगत एक महिनामा नेपाली बजारमा सुनको भाउ प्रतितोला ४३ हजार रुपैयाँले वृद्धि भएको छ । भदौ ३० गते सुनको भाउ प्रतितोला २ लाख १५ हजार रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेसँगै नेपाली बजारमा पनि प्रभाव परेको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च रहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४,३७० अमेरिकी डलर हाराहारीमा पुगेको छ । एक औंस बराबर २.४३ तोला हुन्छ ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ३,२७५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार ३,३५० रुपैयाँ पुगेको छ, जसमा प्रतितोला ७५ रुपैयाँ वृद्धि भएको हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य