एकैदिन सुनको भाउ ७ हजार १ सय रुपैयाँले बढ्यो
जलसरोकार
काठमाडौं: शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ हजार १ सय रुपैयाँ बढेर २ लाख ५८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विगत एक महिनामा नेपाली बजारमा सुनको भाउ प्रतितोला ४३ हजार रुपैयाँले वृद्धि भएको छ । भदौ ३० गते सुनको भाउ प्रतितोला २ लाख १५ हजार रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेसँगै नेपाली बजारमा पनि प्रभाव परेको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च रहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४,३७० अमेरिकी डलर हाराहारीमा पुगेको छ । एक औंस बराबर २.४३ तोला हुन्छ ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ३,२७५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार ३,३५० रुपैयाँ पुगेको छ, जसमा प्रतितोला ७५ रुपैयाँ वृद्धि भएको हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली