जलसरोकारका प्रधानसम्पादक विकास थापा सम्मानित
जलसरोकार
काठमाडौं– जलसरोकार डट कमका प्रधानसम्पादक विकास थापालाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले आफ्नो स्थापना दिवसको अवसरमा सम्मान गरेको छ । इप्पान स्थापनाको २४ वर्ष पुगेकाे अवसरमा थापालाई सम्मान गरेको हो । प्रधानसम्पादक थापा लामो समय ऊर्जा क्षेत्रमा कलम चलाएर ऊर्जा क्षेत्रको विकासमा योगदान पुर्याएबापत वापत सम्मानित भएका हुन् । कान्तिपुर दैनिकबाट पत्रकारिता सुरु गरेका थापाले अन्नपूर्ण पोस्ट्, इकागज हुँदै हाल जलसरोकारको प्रधान जिम्मेवारीमा निर्वाह गरिरहेका छन् ।
'३० वर्षदेखि निरन्तर रुपमा ऊर्जाको विकास र विस्तारका लागि समाचार संकलन र सम्पादनको माध्यमबाट निजी क्षेत्रको जलविद्युत् प्रवद्र्धनका लागि पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै इप्पानको २४ औं वार्षिक उत्सवको अवसरमा आयोजित इप्पान डे मा वरिष्ठ ऊर्जा पत्रकारिता सम्पन्न २०८० बाट सम्मानित गर्न पाउँदा हर्षित छौं,’ इप्पानले थापालाई प्रदान गरेको सम्मान पत्रमा उल्लेख गरेको छ ।

इप्पानले ऊर्जा क्षेत्रमा योगदान पुर्याउने अन्य विशिष्ट व्यक्तिहरुलाई पनि सम्मानित गरेकाे छ । इप्पान विशेष सम्मानबाट सम्मानित हुनेमा अन्य व्यक्तिहरुमा ऊर्जा मन्त्रालयका सहसचिवद्वय नविनराज सिंह र सन्दीप कुमार देव, विद्युत विकास विभागका महानिर्देशक चिरन्जीवी चटौत र नेपाल विद्युत प्राधिकरणका पूर्व उप कार्यकारी निर्देशक प्रवल अधिकारी रहेका छन् ।
त्यस्तै १ मेगावाट भन्दा ठूलो निजी क्षेत्रको पहिलो आयोजनाका रुपमा २०५८ साल माघ १० गते सम्पन्न भएको नेशनल हाइड्रोपावर कम्पनीलाई सम्मान गरिएको छ । कम्पनीले ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । नेशनल हाइड्रोपावरका संस्थापक अध्यक्ष जीतबहादुर श्रेष्ठ र वर्तमान अध्यक्ष कुमार पाण्डेलाई सम्मान गरिएको हो ।
कार्यक्रमममा १ मेगावाट भन्दा सानो पहिलो जलविद्युत आयोजनाका रुपमा १८३ किलोवाटको स्याङ्गे साना जलविद्युत आयोजनालाई सम्मान गरिएको छ । निजी क्षेत्रले निर्माण गरेको जलविद्युत आयोजनामा पहिलो पटक लगानी गरेको नबिल बैंक (तत्कालिन नेपाल बंगलादेश बैंक), आयोजना निर्माणमा संग्लग्न पहिलो निर्माण कम्पनीको रुपमा एभरेष्ट निर्माण सेवा कम्पनी, आयोजनाको बीमा गर्ने पहिलो बीमा कम्पनीको रुपमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (साबिकको एनबी इन्स्योरेन्स) लाई पनि सम्मानत गरिएको छ । उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ, उर्जा मन्त्री बस्नेत र इप्पानका अध्यक्ष कार्कीले विभिन्न व्यक्ति तथा संस्थालाई संयुक्त रुपमा सम्मान गरेका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?