महाकाली सिँचाइ तेस्रो चरण र चार लेन पुलको मन्त्री घिसिङबाट स्थलगत निरीक्षण
जलसरोकार
महेन्द्रनगर: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आज महेन्द्रनगरस्थित महाकाली सिँचाइ आयोजना तेस्रो चरण र महाकाली चार लेन पुलको स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले आयोजनाको पछिल्लो प्रगतिबारे मन्त्री घिसिङलाई जानकारी गराएका थिए ।
लामो समयदेखि प्रक्रियागत अल्झनका कारण सिँचाइ आयोजना र पुलसँग सम्बन्धित संरचनाको काम प्रभावित भएको जनाइएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत महाकाली सिँचाइ तेस्रो चरणमा २८ किलोमिटर मूल नहर निर्माण भइसकेको छ । यसबाट करिब पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइका लागि आवश्यक संरचना तयार भए पनि टनकपुर व्यारेजबाट भारतीय पक्षले नहरमा पानी नछोड्दा किसानले अझै सिँचाइ सुविधा पाउन सकेका छैनन् ।
सो अवसरमा मन्त्री घिसिङले सिँचाइ आयोजनाको समस्या समाधानका लागि पहल भइरहेको बताए । “महाकाली सिँचाइ तेस्रो चरणको नहरमा पानी सञ्चालनका लागि माथिल्लो तहबाटै भारतसँग पहल भइरहेको छ,” उनले भने,“यहाँको समस्या समाधानका लागि हामी गम्भीर छौँ र आवश्यक पहल गर्छौँ ।”
यसैगरी भीमदत्त नगरपालिका–११ स्थित महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलको छेउमा निर्माण गरिनुपर्ने कृतिम ताल र तटबन्धको काम मन्त्रिपरिषद् स्तरको निर्णय नहुँदा डेढ वर्षदेखि रोकिएको छ । यसअघि निर्माण भएको तटबन्ध महाकाली नदीको बाढीले भत्काएपछि डिजाइन परिवर्तन गरिएको भए पनि नयाँ डिजाइन हालसम्म स्वीकृत नभएकाले निर्माण कार्य अघि बढ्न सकेको छैन ।
मन्त्री घिसिङले तटबन्ध नहुँदा बाढीको जोखिम बढेको उल्लेख गर्दै बर्सात अघि नै समस्या समाधान हुने गरी काम अघि बढाइने आश्वासन दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध
-
ऊर्जा क्षेत्रका लागि निजी लगानीमैत्री बजेट, तर सफलता कार्यान्वयनमा निर्भर
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड
-
आगामी वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ
-
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने