महाकाली सिचाँइ तेस्रो चरण : नहर बन्यो पानी आएन
जलसरोकार
कञ्चनपुर: महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिका फुलेलीसम्म निर्माण भइसकेको मूल नहर वर्षौंअघिदेखि पानीको पर्खाइमा छ । फुलेलीदेखि कैलालीको गोदावरीसम्मको थप २० किलोमिटर नहर निर्माणाधीन अवस्थामा भए पनि भारतले टनकपुर ब्यारेजबाट पानी नछोड्दा किसानको खेतमा सिँचाइ सुविधा पुग्न सकेको छैन ।
हालसम्म २८ किलोमिटर मूल नहर र त्यसमा जोडिने २२ शाखा नहरमध्ये आधा निर्माण भइसकेका छन्। उक्त संरचनाबाट तीन हजार हेक्टरमा सिँचाइ सुविधा दिन सकिने क्षमता भए पनि भारतीय पक्षको आनाकानीले नहर सुक्खा छ ।
महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक डा. योगेन्द्र मिश्रका अनुसार, “टनकपुरबाट पानी आयो भने अहिले बनिसकेका संरचनाबाट तत्काल तीन हजार हेक्टरमा सिँचाइ गर्न सकिन्छ, थप पाँच हजार हेक्टरमा विस्तार सम्भव छ ।”
चार वर्षअघि एकपटक परीक्षणको क्रममा टनकपुरबाट पानी आएसँगै धान दिवससमेत मनाइएको थियो । त्यसपछि भने एनएचपीसी (नेसनल हाइड्रोपावर कर्पोरेसन) ले “दिल्लीको आदेशपछि मात्र पानी छाड्न सकिने“ भन्दै ढिलाइ गरिरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना