मध्य भोटेकोसी प्रसारण लाइन अवरोध : मोहन बस्नेत भन्छन्- आयोजनाले वाचाअनुसार काम नगरेपछि अवरोध गर्नुपर्यो
जलसरोकार
काठमाडौं–मध्य भोटेकोसी जलविद्युत् आयोजनाले आफूले गरेको वाचाअनुसारको काम नगरेपछि अवरोध गरेको कांग्रेस नेता मोहनबहादुर बस्नेतले बताएका छन् । मध्यभोटेकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइनको काममा अवरोध गरेको समाचार जलसरोकारले प्रकाशित गरेपछि सम्पर्कमा आएका बस्नेतले आयोजनाले स्थानीय जनताको ८ अर्ब बराबरको जग्गाको क्षतिपूर्ति दिनुपर्ने बताए ।
यस विषयमा स्थानीयसँग बसेर समाधान खोज्नुपर्ने बताए । ‘स्थानीय जनतालाई दिनुपर्ने राहतमा एउटा कर्मचारीले एउटा कुरा गर्ने अर्कोले अर्को कुरा गर्ने गरेका छन् । अनि तीन किलोमिटर आरसी ढलान गरिदिन्छु भनेर उनीहरुले बोलेका रहेछन् । स्थानीय सरकार त्यहाँ छ चौतरामा गएर कुरा गर्छन् । स्थानीयको जग्गाको ८ अर्ब पर्छ यसमा स्थानीय जनतासँग वार्तामा गएर टुङ्गाउनुपर्छ ’ उनले भने ।
आयोजनाको सम्पूर्ण भौतिक निर्माण सम्पन्न गरी परीक्षण कार्य समेत सकेर बिजुली उत्पादन हुनै लाग्दा सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसे नगरपालिका वडा नं. ३ जम्मा दुई किलोमिटर प्रसारण लाइन खण्डमा बस्नेतले पठाएका स्थानीय वासिन्दाले अवरोध गर्दा प्रसारण लाइनको काम सम्पन्न हुन सकेको छैन् ।
आयोजना स्रोतका अनुसार नेता बस्नेतले बाह्रबीसेस्थित अस्पताललाई आयोजनाले १० करोड रुपैयाँ दिनुपर्ने माग राखेका छन् । यो तार तान्ने कार्य पूरा नभए आायोजनाबाट उत्पादित १०२ मेगावाटको बिजुली खेर जाने चिन्ता थपिएको छ । भारतले सोलार आवर (घाम लाग्ने समयमा) मात्र बिजुली दिएर देशभर विद्युत् ऊर्जा आपूर्ति असहज भइरहेका बेला बनिसकेको आयोजनामा तार तान्न नदिएर बिजुली खेर जाने भएको हो ।
नेपाली कांग्रेसको अगुवाईमा अस्पतालका नाममा १० करोड रुपैयाँ मागेपछि सिन्धुपाल्चोकका सत्तारुढलगायत अन्य दलहरुले उक्त रकम नदिन आयोजनालाई सार्वजनिक रुपमा खबरदारी गरिरहेका छन् ।
सिन्धुपाल्चोकमा जलविद्युत् आयोजना निर्माण गर्ने निजी क्षेत्रले यस्ता विभिन्न हैरानी खेप्दै आएका छन् । २०७१ साल साउन १६ गते सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा निजी क्षेत्रको विद्युत् गृह भोटेकोसी (४५ मेगावाट) को दुई वटा टावर बगाएको थियो । पहिरोपछि भोटेकोसी पावर कम्पनीले टावर ठड्याउन खोज्दा सिन्धुपाल्चोकका सबै राजनीतिक दलहरु मिलेर करिब ११ अर्ब रुपैयाँ बराबरको शेयर सिंत्तैमा मागेर अवरोध पुर्याएका थिए ।
मध्य भोटेकोसीले १० करोड रुपैयाँ दिनुपर्ने भन्दै प्रसारणलाइन निर्माणमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको अवरोध
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्