अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन
जलसरोकार
वाशिङ्टन डीसी (अमेरिका) : विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिकन चेम्बर अफ कमसले आयोजना गरेको ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड अमेरिका–नेपाल साझेदारीको मजबुती’ विषयक व्यवसायिक संवाद (बिजनेस डायलग) कार्यक्रममा नेपालको आर्थिक अवस्थाबारे जानकारी गराएका छन् ।
कार्यक्रममा मन्त्री खनालले नेपालमा भइरहेका आर्थिक सुधारका प्रयास, लगानीका अवसर र अमेरिका–नेपालबीचको आर्थिक सहकार्यका सम्भावनाबारे विस्तृत रूपमा प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका अधिकारीहरू र अमेरिकी चेम्बर अफ कमर्सका सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।
यसैबीच, अर्थमन्त्री खनालले अन्तरराष्ट्रिय मुद्रा कोषका उप–प्रबन्ध निर्देशक बो लिबीसँग पनि सोमबार भेटवार्ता गरेका छन् । भेटमा वित्तीय नीतिहरू, आर्थिक स्थायित्व र नेपालका आगामी सुधार कार्यक्रमबारे विस्तृत छलफल भएको वाशिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ ।
भेटमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, मन्त्री खनालको भ्रमण टोलीका सदस्यहरू र मुद्रा कोषका अधिकारीहरू समेत उपस्थित रहेका थिए ।
अर्थमन्त्री खनाल विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन आइतबार वाशिङ्टन डीसी आइपुगेका हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य