अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन
जलसरोकार
वाशिङ्टन डीसी (अमेरिका) : विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिकन चेम्बर अफ कमसले आयोजना गरेको ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड अमेरिका–नेपाल साझेदारीको मजबुती’ विषयक व्यवसायिक संवाद (बिजनेस डायलग) कार्यक्रममा नेपालको आर्थिक अवस्थाबारे जानकारी गराएका छन् ।
कार्यक्रममा मन्त्री खनालले नेपालमा भइरहेका आर्थिक सुधारका प्रयास, लगानीका अवसर र अमेरिका–नेपालबीचको आर्थिक सहकार्यका सम्भावनाबारे विस्तृत रूपमा प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका अधिकारीहरू र अमेरिकी चेम्बर अफ कमर्सका सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।
यसैबीच, अर्थमन्त्री खनालले अन्तरराष्ट्रिय मुद्रा कोषका उप–प्रबन्ध निर्देशक बो लिबीसँग पनि सोमबार भेटवार्ता गरेका छन् । भेटमा वित्तीय नीतिहरू, आर्थिक स्थायित्व र नेपालका आगामी सुधार कार्यक्रमबारे विस्तृत छलफल भएको वाशिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ ।
भेटमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, मन्त्री खनालको भ्रमण टोलीका सदस्यहरू र मुद्रा कोषका अधिकारीहरू समेत उपस्थित रहेका थिए ।
अर्थमन्त्री खनाल विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन आइतबार वाशिङ्टन डीसी आइपुगेका हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा