लोअर इर्खुवा हाईड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने
जलसरोकार
काठमाण्डौ : लोअर इर्खुवा हाईड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । भोजपुर जिल्लाको षडानन्द नगरपालिका र साल्पा सिलिचों गाउँपालिकामा रहेकाे १३ मेगावाट क्षमता भएकाे कम्पनीले आगामी वार्षिक साधारण सभामा आईपीओ निष्कासन गर्न प्रस्ताव लैजाने भएको छ ।
सभामा बार्षिक प्रतिवेदन, चालू आर्थिक वर्ष २०८०/ ०८१का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ ।
यस्तै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालक मध्ये नेशनल हाईड्रोपावर कम्पनीबाट प्रतिनिधित्व गर्ने ४ जना र बाँकी रहेका सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव छ ।
लोअर इर्खुवा हाईड्रोपावर कम्पनीकाे सभा पुस २५ गते डेलिश ओपेरा रेष्ट्रो एण्ड ब्याक्वेंट बालुवाटार, काठमाण्डौमा बिहान ११ बजे हुने छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य