सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बाढीले क्षतिग्रस्त दोभान खोला आयोजनाको पुनर्निर्माणमा जुट्यो टोली

२४.५ मेगावाटको आयोजनामा भएको क्षतिको स्थलगत अवलोकनपछि व्यवसायी भरत खत्रीले प्रवर्द्धक, इन्जिनियर, कामदार र स्थानीय समुदायप्रति ऐक्यबद्धता जनाए

जलसरोकार
सोमबार, कात्तिक १०, २०८३ | १३:५८:१३ बजे
तस्वीरहरु : आयोजनाका प्रवर्द्धक भरत खत्री

काठमाडौं : बुढीगण्डकीमा आएको विनाशकारी बाढीबाट गम्भीर क्षति पुगेको २४.५ मेगावाटको दोभान खोला जलविद्युत् आयोजनाको अवस्था स्थलगत रूपमा अवलोकन गरिएको छ।

जलविद्युत् व्यवसायी भरत खत्रीले आफ्नो टोलीसहित गोरखास्थित आयोजनाको भ्रमण गरेका हुन्। बाढीले आयोजनामा पुर्‍याएको क्षति प्रत्यक्ष देख्दा दुःख लागेको उल्लेख गर्दै उनले वर्षौंको मेहनत, लगानी र सपना केही घण्टामै प्रभावित भएको बताएका छन्।

खत्रीले बाढीबाट संरचनामा क्षति पुगे पनि आयोजना टोली र स्थानीय समुदायको साहसले आफूलाई प्रभावित बनाएको बताएका छन्। उनका अनुसार आयोजना टोली र स्थानीय समुदाय पुनर्निर्माणमा जुटिसकेका छन्।

उनले आयोजनाका प्रवर्द्धक, इन्जिनियर, कामदार तथा गोरखाका स्थानीय बासिन्दाप्रति ऐक्यबद्धता जनाउँदै नेपालको ऊर्जा भविष्य निर्माणमा संलग्न सबैको साहसलाई सम्मान गरेका छन्।

विपत्तिले भौतिक संरचनामा क्षति पुर्‍याउन सक्ने भए पनि नेपालको ऊर्जा भविष्य निर्माण गर्नेहरूको मनोबल कमजोर पार्न नसक्ने उल्लेख गर्दै खत्रीले सबै मिलेर अझ बलियो रूपमा पुनर्निर्माणमा जुट्ने विश्वास व्यक्त गरेका छन्। उनले घटनास्थलमा खटिएर काम गरिरहेका सबैप्रति आभारसमेत व्यक्त गरेका छन्।

प्रकाशित मिति : सोमबार, कात्तिक १०, २०८३ | १३:५८:१३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया