अँध्यारोबाट उज्यालोतर्फको यात्रा
गुणराज ढकाल
इतिहासले हरेक पुस्तालाई एउटा निर्णायक प्रश्न सोध्छ-'तिमीले अँध्यारो स्वीकार्यौ, कि उज्यालो निर्माण गर्यौ?" आज यही प्रश्न हरेक नेपालीको सामु ठडिएको छ।
लामो समयदेखि व्याप्त राजनीतिक अस्थिरता, सामाजिक असमानता, आर्थिक परनिर्भरता र न्यून शैक्षिक विकास, कमजोर स्वास्थ्य सेवा, उच्च भ्रष्टाचारजस्ता बेथितिले हामीलाई निराशा र अविश्वासको दलदलमा धकेलेको छ। तर यो अँध्यारो अन्त्य गर्ने समय आएको छ। यही संकल्पबाट 'उज्यालो नेपाल अभियान' को जन्म भएको हो । यो एक नयाँ राजनीतिक दल हो, जसले नेपालको राजनीतिक रूपान्तरण, सामाजिक न्याय, आर्थिक समृद्धि र शैक्षिक उत्थानका लागि साझा मञ्च प्रदान गर्दछ। यतिबेला नेपाल इतिहासकै महत्वपूर्ण मोडमा उभिएको छ।
पुराना राजनीतिक दलहरूको अयोग्य नेतृत्व, भ्रष्ट प्रणाली, सुशासनको अभाव र अवसरको असमान वितरणले देशलाई पछि पार्दै आएको छ। राजनीतिक रूपमा, सत्ता स्वार्थ र गुटबन्दीले राष्ट्रिय एकतालाई कमजोर बनाएको छ। सामाजिक रूपमा, जाति, लिङ्ग, क्षेत्र र वर्गका आधारमा विभेद कायम छ, जसले लाखौंलाई बहिष्कृत गरेको छ। आर्थिक रूपमा, युवाहरूको श्रम र सीप परदेशमा खेर गइरहेको छ। किसानहरू उपेक्षित छन्, उद्योगहरू लडखडाइरहेका छन्, र आत्मनिर्भरताको सपना अधुरो छ। गुणस्तरीय शिक्षा पहुँचबाहिर छ, जसले भावी पुस्तालाई अन्धकारमा धकेल्दैछ। यी समस्याहरूको समाधान पुराना संरचनामा होइन, नयाँ सोच र सामूहिक प्रयासमा छ। अब फुटेर होइन, जुटेर अघि बढ्नु पर्छ। कुनै व्यक्ति वा समूहको स्वार्थभन्दा माथि उठेर, साझा जिम्मेवारी र भविष्यप्रतिको प्रतिबद्धताका साथ हामीले नेपाललाई रूपान्तरित गर्नुपर्छ।
उज्यालो नेपाल अभियानलाई हामीले एक नयाँ राजनीतिक दलको रूपमा स्थापित गरेका छौं । यो विभाजनको होइन, एकता, निराशा होइन, आशा, आलोचना होइन, समाधानको बाटो देखाउने दल हो। यस दलको मूल दर्शन हरेक क्षेत्रमा 'उज्यालो' स्थापित गर्नु हो, हरेक नेपालीको मुहारमा उज्यालो ल्याउनु हो । जसले नेपाललाई राजनीतिक रूपान्तरणबाट सामाजिक, आर्थिक र शैक्षिक विकासतर्फ डोर्याउँछ। पारदर्शी, जवाफदेही र जनकेन्द्रित शासन प्रणाली स्थापना गर्दै, भ्रष्टाचारमुक्त राजनीति निर्माण गर्नु।
'Right Person in the Right Place' को सिद्धान्त लागू गरी योग्य र इमानदार नेतृत्वलाई अघि सार्नु हाे । सबै नागरिकका लागि समान अवसर सुनिश्चित गर्दै, विभेद र बहिष्करण अन्त्य गर्नु। महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति र अल्पसङ्ख्यक समुदायलाई मुख्य धारामा समाहित गर्दै सामाजिक न्यायको जग बसाल्नु हो । श्रम, सीप र उद्यमको सम्मान गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु। कृषि, पर्यटन, ऊर्जा र उद्योगमा लगानी बढाएर रोजगारी सिर्जना गर्नु; परनिर्भरतालाई तोड्दै निर्यातमुखी अर्थव्यवस्था विकास गर्नु हाे । गुणस्तरीय, पहुँचयोग्य र प्राविधिक शिक्षालाई प्राथमिकता दिई, युवाहरूलाई सक्षम बनाउनु। स्वास्थ्य, कृषि र पर्यावरण जस्ता क्षेत्रमा पनि संरचनात्मक सुधार ल्याएर जनजीवन उकास्नु हाे ।
यो दल कुनै व्यक्तिको महत्वाकांक्षा होइन, यो नेपाली जनताको सामूहिक चेतना र भविष्यप्रतिको प्रतिबद्धताको अभिव्यक्ति हो। यसले इमानदार व्यक्तिको सम्मान गर्छ, योग्यलाई प्रोत्साहन दिन्छ, श्रम र सीपलाई मूल्य दिन्छ र गलत काम गर्नेहरूलाई कडा जवाफदेही बनाउँछ। तसर्थ, आजको प्रश्न स्पष्ट छ, हामी अँध्यारो स्वीकार्ने कि उज्यालो निर्माण गर्ने ? यदि हामी इमानदार, सक्षम र एकजुट भएर अघि बढ्यौं भने, नेपाललाई विकसित, समृद्ध र न्यायपूर्ण राष्ट्र बनाउन कुनै शक्तिले रोक्न सक्दैन। उज्यालो नेपाल अभियानलाई तपाईंहरूको सक्रिय सहभागिताबाट बलियो बनाउनुहोस्। यो नयाँ राजनीतिक दलमा आबद्ध हुनुहोस् । राजनीतिक रूपान्तरणका लागि, सामाजिक न्यायका लागि, आर्थिक समृद्धिका लागि र शैक्षिक उत्थानका लागि आउनुहोस् हातेमालो गराैं । तपाईंको सीप, ऊर्जा र प्रतिबद्धता यस अभियानको मूल आधार हो। जुटौं, रूपान्तरण गरौं र उज्यालो नेपालको तपाईं हाम्रो सपना साकार पारौं। यो अभियान केवल विचार होइन, यो नेपालको उज्यालो भविष्यतर्फको साझा यात्रा हो। त्यसैले अब हामी सहयात्री बनौं ।
लेखक, उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा सामान्य सुधार, कारोबार साढे आठ अर्ब नाघ्यो
-
कञ्चनपुरका सीमसार क्षेत्रको अस्तित्व सङ्कटमा
-
कर्णालीमै पहिलो पटक १३२ केभी प्रसारण लाइन चार्ज, कोहलपुर–सुर्खेत–दैलेख लाइन सञ्चालनमा
-
दमौली २२० केभी प्रसारण लाइनका लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढ्यो, प्रभावितलाई दाबी–प्रमाण पेश गर्न आग्रह
-
पश्चिमी वायूको प्रभाव कायमै, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
-
साताको पहिलो दिन दोहोरो अङ्कले घट्यो सेयर बजार