सिँचाईं सुविधाकाे अभाव र खडेरीले रोपाइँ प्रभावित
जलसरोकार
बारा– चैतभित्रै किसानले चैतेधान रोपाइँ सम्पन्न गरिसक्नुपर्नेमा लामो समयदेखिको खडेरीले गर्दा जिल्लामा करिब ६० प्रतिशत मात्र रोपाइँ भएको छ । सिँचाईं सुविधा अभाव र लामो समय खडेरी परेका कारण रोपाइँ प्रधावित भएको हो ।
कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहका अनुसार जिल्लाको उत्तरी क्षेत्रका किसान आफैँले सिँचाइको व्यवस्था गरी यस वर्ष १६ हजार हेक्टरमा हर्दिनाथ–१, चैते–१, चैते–२, चैते–४ जातको धान रोपेका छन् । दक्षिणी क्षेत्रका किसानले खडेरीले गर्दा रोपाइँ गर्न सकेको छैनन् ।
भदैया, अग्हनी धानको उत्पादकत्वभन्दा चैतेधानको उत्पादन बढी हुने भएकाले चैतेधान खेतीतर्फ किसान बढी आकर्षित हुने गरेका छन् । गत वर्ष किसानले कुल १६ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरी प्रतिहेक्टर पाँच मेट्रिक टन उत्पादन गरेका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना