प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि १० करोड जुटाउने इप्पानको लक्ष्य, हालसम्म ८ करोड १९ लाख संकलन
जलसरोकार
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँभन्दा बढी सहयोग रकम जुटाउने पहल गरेको छ ।
इप्पानले कोषमा आफ्नोतर्फबाट रु पाँच करोड पाँच लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको थियो । तर, विपद्को घडीमा निजी क्षेत्रका विद्युत् उत्पादकहरूले उदारतापूर्वक सहयोग गरेपछि हालसम्म रु आठ करोड १९ लाख सहायता रकम संकलन भइसकेको इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले जानकारी दिए ।
अध्यक्ष डाँगीका अनुसार सोमबारसम्म सहयोग रकम रु १० करोडभन्दा बढी पुर्याउने गरी इप्पानले पहल गरिरहेको छ । निजी क्षेत्रका ऊर्जा उत्पादक तथा व्यवसायीहरूबाट प्राप्त सहयोगलाई एकीकृत गरी विपद् प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुग्ने गरी सरकारलाई हस्तान्तरण गर्न लागिएको हो ।
संकलित सहयोग रकम सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमार्फत एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेक तथा भौचर हस्तान्तरण गर्ने कार्यक्रम रहेको इप्पानले जनाएको छ ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको तथा जलविद्युत् आयोजनासमेत प्रभावित भएका बेला निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले राहत तथा उद्धारमा सहयोग जुटाउँदै आएका छन् ।
इप्पानले विपद्बाट प्रभावित आयोजना क्षेत्रमा कार्यरत कर्मचारी, मजदुर, उनीहरूका परिवार तथा स्थानीय बासिन्दाको उद्धार र राहतमा समेत सक्रियता देखाउँदै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र भिसाबीच अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न सम्झौता
-
जलवायु विपद् पूर्वतयारीका लागि नेपालका तीन प्रस्ताव
-
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो बन्ने
-
हिमाली विपद्को पूर्वसूचना र जलविद्युत् सुरक्षामा उपग्रह प्रविधि उपयोग गर्न ऊर्जामन्त्रीको जोड
-
सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र, नयाँ अध्यायको सुरुवात
-
जलाशययुक्त आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आह्वान