प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि १० करोड जुटाउने इप्पानको लक्ष्य, हालसम्म ८ करोड १९ लाख संकलन
जलसरोकार
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँभन्दा बढी सहयोग रकम जुटाउने पहल गरेको छ ।
इप्पानले कोषमा आफ्नोतर्फबाट रु पाँच करोड पाँच लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको थियो । तर, विपद्को घडीमा निजी क्षेत्रका विद्युत् उत्पादकहरूले उदारतापूर्वक सहयोग गरेपछि हालसम्म रु आठ करोड १९ लाख सहायता रकम संकलन भइसकेको इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले जानकारी दिए ।
अध्यक्ष डाँगीका अनुसार सोमबारसम्म सहयोग रकम रु १० करोडभन्दा बढी पुर्याउने गरी इप्पानले पहल गरिरहेको छ । निजी क्षेत्रका ऊर्जा उत्पादक तथा व्यवसायीहरूबाट प्राप्त सहयोगलाई एकीकृत गरी विपद् प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुग्ने गरी सरकारलाई हस्तान्तरण गर्न लागिएको हो ।
संकलित सहयोग रकम सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमार्फत एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेक तथा भौचर हस्तान्तरण गर्ने कार्यक्रम रहेको इप्पानले जनाएको छ ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको तथा जलविद्युत् आयोजनासमेत प्रभावित भएका बेला निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले राहत तथा उद्धारमा सहयोग जुटाउँदै आएका छन् ।
इप्पानले विपद्बाट प्रभावित आयोजना क्षेत्रमा कार्यरत कर्मचारी, मजदुर, उनीहरूका परिवार तथा स्थानीय बासिन्दाको उद्धार र राहतमा समेत सक्रियता देखाउँदै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
रसुवागढी जलविद्युत् आयोजनामा सम्पर्कविहीन ९३ जनाको उद्धारका लागि टोली परिचालन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि १० करोड जुटाउने इप्पानको लक्ष्य, हालसम्म ८ करोड १९ लाख संकलन
-
बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने