जलवायु परिवर्तनको असर: दुवईमा १० इन्च पानी पर्दा जनजीवन अस्तव्यस्त
जलसरोकार
काठमाडौं–दुवईको मरुभूमि सहर २४ घण्टामा २५ सेन्टिमिटर (१० इन्च) पानी पर्यो । यो भनेकाे २ वर्षमा पर्ने पानीको मात्रा हो । खालीज टाइम्सका अनुसार यूएईमा ७५ वर्षयताकै ठूलो पानी परेको हो । यूएई मौसम विभागका अनुसार २४ घण्टाभन्दा कम समयमा अल ऐनमा २५४ मिलिमिटरसम्म पानी परेको थियो । पानीले दुवईको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । प्रमुख राजमार्गहरू डुबानमा परेको छ र दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू अवरुद्ध भएको छ । दवईका अधिकारी घर र सडकमा पसेका पानी खाली गराउन लागि परेका छन् । त्यहाँको सरकारले सबै कर्मचारी र नागरिकलाई घरभित्रै बस्न आग्रह गरेको छ ।
सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्बिरहरूमा शपिङ मल, दुबई मल र एमिरेट्सको मल पानी र बाढीले जलमग्न भएको देखिएको छ । मेट्रो स्टेसनहरु जलमग्न भएको छ । वर्षाका कारण कयौं आर्थिक गतिविधिमा केन्द्रीत सहरहरु जलमग्न भएका छन् जसकारण त्यहाँका आर्थिक गतिविधिहरु संचालन हुन सकेको छैन। दुबई ग्रिन र रेड मेट्रो लाइनले सेवा अवधि छोट्याएको छ। बस सेवा रअन्तर सहर बस सेवा पनि रोकिएको बन्द भएकाे छ। मानिसहरुलाई आवश्यक भएमात्रै बाहिर निस्कन भनिएको छ। राजधानी आबु धाबीसहित कयौं सहरमा ट्राफिक डाइभर्सन गरिएको छ।
वर्षाका कारण विमानस्थल संचालनमा पनि अवरोध पुगेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलले अनावश्यक रुपमा यात्रा गर्न आह्वान नै गरेको छ। युएई भर सयौं विमानहरु डाइभर्ट गरिएको छ भने कयौं विमान ‘डिले’ भएका छन्। दुबई इमिरेट्स एयरलाइनले यात्रुहरुको चेक(इन नै स्थगित गरेको छ। वर्षाका कारण घर र ठूला भवनमा समेत क्षति पुगेको छ। बाढी कयौं घरभित्र पसेको छ भने कारहरु बगाइएको छ। युएई सरकारले मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आह्वान गरेको छ। समाचार संस्था एपीका अनुसार यूएईमा बाढीका कारण एक जनाको मृत्यु भएको छ । रस अल खैमाहमा बाढीले गाडी बगाउँदा ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।
किन भयो एकैपटक यत्तिको ठूलो वर्षा ?
विज्ञहरूकाअनुसार वर्षाको पानी अरबी प्रायद्वीपबाट ओमानको खाडीतर्फ सर्ने ठूलो आँधी प्रणालीसँग सम्बन्धित छ। यसले छिमेकी ओमान र दक्षिणी–पूर्वी इरानमा पनि असामान्य वर्षा गराउने देखिएको उनीहरुको भनाइ छ। यो वर्षालाई केही मौसमविदहरुले जलवायु परिवर्तनको कारण बताउँछन् । समाचार एजेन्सी एएफपीलाई उद्धृत गर्दै जलवायुविज्ञानी फ्रेडरिक ओटोले भन्छन् ‘ओमान र दुबईमा घातक र विनाशकारी वर्षा मानव–सृजित जलवायु परिवर्तनको कारणले भारी वर्षा भएको बताउँछन् ।’ जलवायु परिवर्तनका कारण ७५ वर्षपछि मरभूमिमा यति ठूलो वर्षा भएको र यो जलवायु परिवर्तनको असर रहेको उनको भनाइ छ । एजेन्सीको सहयोगमा
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड