एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
जलसरोकार
काठमाडौं : एनएमबी बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा नयाँ कार्ड–आधारित अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गरेको छ। देशभर डिजिटल कारोबारलाई सरल, सुरक्षित र प्रभावकारी बनाउन लक्षित यो सेवा भौतिक पसलदेखि अनलाइन व्यवसायसम्म सबैका लागि महत्वपूर्ण फाइदाजनक बन्ने बैंकको दाबी छ।
उक्त नयाँ पेमेन्ट गेटवेमार्फत कुनै पनि बैंकबाट जारी भएका भिसा तथा मास्टरकार्ड प्रयोगकर्ताबाट भुक्तानी स्वीकार गर्न सकिने सुविधा व्यवसायका लागि ठूलो सहजता भएको बैंकले जनाएको छ। यसले व्यवसायलाई देशभित्र तथा विदेशबाट समेत भुक्तानी प्राप्त गर्न सकिने वातावरण तयार पार्दै ग्राहक दायरा बढाउन मद्दत गर्दछ।
३डी–सिक्योर प्रविधिमार्फत उच्च सुरक्षा
नयाँ पेमेन्ट गेटवे ग्राहक सुरक्षालाई उच्च प्राथमिकतामा राखेर डिजाइन गरिएको छ। सेवा भित्रिएको ३डी–सिक्योर प्रविधि मार्फत ओटीपी वा पासवर्ड जस्ता अतिरिक्त भेरिफिकेसन थपिने भएकाले अनधिकृत कारोबार तथा जोखिम न्यून हुने बैंकको भनाइ छ। यसले ग्राहक तथा व्यवसाय दुवैले विश्वासका साथ अनलाइन कारोबार गर्न सक्ने वातावरण निर्माण गर्छ।
इ–कमर्स प्रवर्द्धनमा सहयोगी
बैंकका अनुसार यस सहकार्यले नेपालमा ई-कमर्स तथा डिजिटल वित्तीय कारोबारलाई थप गति दिनेछ। कार्ड भुक्तानीलाई सजिलो, सुरक्षित र व्यापक बनाउने यो पहलले देशलाई डिजिटल अर्थतन्त्रतर्फ एक कदम अघि बढाउने लक्ष्य राखेको छ।
अनलाइन व्यवसायहरूलाई आफ्ना प्लेटफर्ममा सुरक्षित भुक्तानी सुविधा जोड्न चाहने हो भने एनएमबी बैंकमार्फत सेवा एकीकृत गर्न सकिने बैंकले जनाएको छ।
देशभर सेवा विस्तार
एनएमबी बैंकले हाल देशभरका २०२ शाखा, १८४ एटीएम तथा ९ विस्तारित काउन्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी आयोजनालाई अघि बढाउने सरकारकाे पहल सकारात्मक : डा. भट्टराई
-
कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६८ हजार लगानीकर्तालाई शेयर
-
घट्यो सुन र चाँदीको मुल्य, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
इन्धन मूल्य वृद्धि फिर्ता लिन कुलमान उनेपाका अध्यक्ष घिसिङको सरकारसँग माग
-
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ वैशाख १६ देखि खुल्ने, सर्वसाधारणलाई १७.४३ लाख कित्ता प्रस्ताव
-
सोलुखुम्बुमा ११० मेगावाटको ‘दुधकोशी पाँचौँ’ आयोजना बन्दै