नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
जलसरोकार
काठमाडौं : गत साताभर लगातार उकालो लागिरहेको सेयर बजार यो साताको पहिलो दिन आइतबार दबाबमा पर्यो। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २८.८९ अंकले (१.०७ प्रतिशत) घटेर २६४७ अंकमा झरेको छ।
कारोबार रकममा वृद्धि
बजार सूचक घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ६ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार ७ अर्ब २ करोड रुपैयाँ पुगेको छ।
३९ कम्पनी बढे, २१६ घटे
आज ३९ कम्पनीको मूल्य बढ्दा २१६ कम्पनीको मूल्य घट्यो भने २ कम्पनी स्थिर रहे। अधिकांश उपसमूहका सूचक ओरालो लागे। उत्पादन तथा प्रशोधन समूह भने ०.७३ प्रतिशतले वृद्धि भएको छ।
घटेका उपसमूह
- बैंकिङ — १.०८%
- विकास बैंक — १.०९%
- फाइनान्स — ०.८३%
- होटल तथा पर्यटन — ०.२९%
- हाइड्रोपावर — १.३१%
- लगानी — १.४८%
- जीवन बीमा — १.२०%
- माइक्रोफाइनान्स — १.३०%
- निर्जीवन बीमा — ०.६९%
- अन्य — १.०४%
- व्यापार — ०.५१%
चार कम्पनी १० प्रतिशतले उक्ले
आज १० प्रतिशतले मूल्य बढेका कम्पनीहरू:
- सागर डिस्टिलरी
- स्वस्तिक लघुवित्त
- झापा इनर्जी
- श्रीनगर एग्रिटेक
सर्वाधिक घटेका कम्पनीहरू
- जोशी हाइड्रोपावर — ७.२९%
- हिमाल दोलखा हाइड्रोपावर — ५.५९%
- स्वेतगंगा हाइड्रोपावर — ५.०७%
- हिमालयन हाइड्रोपावर — ४.९४%
सबैभन्दा बढी कारोबार भएका कम्पनीहरू
- हिमालयन रिइन्स्योरेन्स
- जोशी हाइड्रोपावर
- ग्रिन भेन्चर्स
- एनआरएन इन्फ्रास्ट्रक्चर
- नेपाल लाइफ इन्स्योरेन्स
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो