मकवानपुर र सर्लाहीमा भारी वर्षा, जनजीवन प्रभावित
जलसरोकार
काठमाडौं— पछिल्लो ६ घण्टामा मकवानपुर र सर्लाहीमा धेरै भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा मकवानपुरको सिलिंगेमा ११२.२ मिलिमिटर र सर्लाहीको पूर्वी पथारकोटमा ११४.४ मिलिमिटर वर्षा मापन भएको छ।
पछिल्लो तीन घण्टामा सिलिंगेमा ६९.४ मिलिमिटर र पथारकोटमा ३३.४ मिलिमिटर वर्षा मापन भएको छ। सिलिंगे र पथारकोटमा अहिले पनि पानी परिरहेको छ। विभागका अनुसार सिलिंगेमा एक घण्टामा ४.६ मिलिमिटर र पथारकोटमा २१ मिलिमिटर वर्षा मापन भएको छ।
१० मिलिमिटरसम्म हल्का वर्ष त्यसपछि मध्यम र ५० मिलिमिटर भन्दा बढी मापन भए भारी र १०० मिलिमिटर भन्दा माथि वर्षा भए धेरै भारी वर्षा भनिन्छ।
मनसुनको न्यूनचापीय रेखा उत्तरतर्फ नेपाल नजिक रहेकाले शुक्रबारदेखि बढी पानी पर्ने आकलन विभागको छ।

आज गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघ गर्जनच/ट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले विशेष बुलेटिन निकालेर जानकारी दिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना