सुनकोशी मरिण आयोजनाको हेडवर्क्स डुबानमा, अस्थायी बाँध हालसम्म सुरिक्षत
जलसरोकार
सिन्धुली : सुनकोसी-मरिन डाइभर्सन आयोजनाको मुहान संरचना (हेडवर्क्स) निरन्तर वर्षाका कारण आइतबार राति करिब २ बजेबाट बाढीले साइट पूर्ण रूपमा डुबानमा परेको छ ।
आयोजनाले प्राप्त गरेको ताजा तस्बिर र भिडियोहरू अनुसार कफरड्याम (अस्थायी बाँध) हाल पनि डुबानमा रहेको तर बाढीको मात्रा क्रमशः घट्दै गएको जनाइएको छ।
परियोजना स्रोतका अनुसार बाढीका कारण अस्थायी संरचनामा क्षति पुगेको आशंका गरिएको छ। कोफरड्याममा पुगेको क्षतिको परिमाण र उत्खनन गरिएको निर्माणस्थलमा थुप्रिएको गाद (सिल्टेसन) को स्तर भने बाढीको पानी घटेपछि मात्र मूल्यांकन गरिने बताइएको छ।
सुनकोशी मरिण डाइभर्सन परियोजना राष्ट्रिय गौरवका आयोजनामध्ये एक हो, जसबाट मरिण नदीमार्फत सुनकोशीको पानी सिन्धुली हुँदै रत्माते क्षेत्रमा मोडेर सिँचाइ र विद्युत् उत्पादन दुवै प्रयोजनका लागि उपयोग गर्ने योजना रहेको छ।
हालसम्म ९ प्रतिशत मात्र काम गरेको यो आयोजनाको ठेकेदर पटेल-रमण जेभीलाई यो बाढी अर्को ठूलाे बहाना बनाउन सजिलो भएको छ । उसले ठेक्काको ५५ प्रतिशत समय गुजारिसक्दा जम्मा ९ प्रतिशत मात्र काम गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना