सुनकोशी मरिण आयोजनाको हेडवर्क्स डुबानमा, अस्थायी बाँध हालसम्म सुरिक्षत
जलसरोकार
सिन्धुली : सुनकोसी-मरिन डाइभर्सन आयोजनाको मुहान संरचना (हेडवर्क्स) निरन्तर वर्षाका कारण आइतबार राति करिब २ बजेबाट बाढीले साइट पूर्ण रूपमा डुबानमा परेको छ ।
आयोजनाले प्राप्त गरेको ताजा तस्बिर र भिडियोहरू अनुसार कफरड्याम (अस्थायी बाँध) हाल पनि डुबानमा रहेको तर बाढीको मात्रा क्रमशः घट्दै गएको जनाइएको छ।
परियोजना स्रोतका अनुसार बाढीका कारण अस्थायी संरचनामा क्षति पुगेको आशंका गरिएको छ। कोफरड्याममा पुगेको क्षतिको परिमाण र उत्खनन गरिएको निर्माणस्थलमा थुप्रिएको गाद (सिल्टेसन) को स्तर भने बाढीको पानी घटेपछि मात्र मूल्यांकन गरिने बताइएको छ।
सुनकोशी मरिण डाइभर्सन परियोजना राष्ट्रिय गौरवका आयोजनामध्ये एक हो, जसबाट मरिण नदीमार्फत सुनकोशीको पानी सिन्धुली हुँदै रत्माते क्षेत्रमा मोडेर सिँचाइ र विद्युत् उत्पादन दुवै प्रयोजनका लागि उपयोग गर्ने योजना रहेको छ।
हालसम्म ९ प्रतिशत मात्र काम गरेको यो आयोजनाको ठेकेदर पटेल-रमण जेभीलाई यो बाढी अर्को ठूलाे बहाना बनाउन सजिलो भएको छ । उसले ठेक्काको ५५ प्रतिशत समय गुजारिसक्दा जम्मा ९ प्रतिशत मात्र काम गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा
-
तराईका केही स्थानमा कुहिरो, पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली
-
सुनचाँदीको मूल्य बढेर ऐतिहासिक उच्च बिन्दुमा पुग्दै
-
माघका लागि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो