गुर्गी सिँचाइ आयोजना ५६ वर्षदेखि अलपत्र
जलसरोकार
कैलाली: कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा झण्डै ५६ वर्षअघि निर्माण भएको गुर्गी सिँचाइ आयोजना लामो समयदेखि अलपत्र छ । आर्थिक वर्ष २०६२/६३ मा पक्की बाँध बनाइए पनि २०६४ सालको बाढीले भत्काएपछि सो आयोजना पुनःनिर्माण अघि बढ्न सकेको छैन ।
सुदूरपश्चिम प्रदेश सरकारले पटक–पटक बजेट विनियोजन गरे पनि पानीको स्रोत सुनिश्चितता नभएकाले बजेट खर्च हुन नसकेर वर्षेनी फ्रिज हुने गरेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय धनगढीले जनाएको छ। आव २०७५/७६ मा रु २० लाख, आव २०७९/८० मा रु ६ करोड, आव २०८०/८१ मा रु १२ करोड र आव २०८१/८२ मा रु ५ करोड बजेट विनियोजन भए पनि खर्च हुन सकेको छैन ।
डिभिजन कार्यालयका इन्जिनियर टेकराज विनाडीका अनुसार आयोजना अघि बढाउन नयाँ डिपिआर आवश्यक छ । कार्यालयले रु ४४ करोड लागत अनुमान पेस गरे पनि आर्थिक मामिला मन्त्रालयले रु ३० करोड मात्र स्वीकृत गरेपछि ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन ।
आयोजना बन्द भएपछि कैलारी गाउँपालिकाका वडा नं. १, २, ५ र ७ का किसानहरू सिँचाइ सुविधा नपाएर अकासे पानी र बोरिङमा निर्भर छन् । करिब ६ हजार किसान लाभान्वित हुँदै आएको आयोजनाले १,४०० हेक्टर जमिनमा सिँचाइ पु¥याउँथ्यो । नयाँ योजनाअनुसार भने १,८०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने अनुमान गरिएको छ।
यसैबीच, सुदूरपश्चिम प्रदेशसभाअन्तर्गतको अर्थ, विकास तथा प्राकृतिक समितिले हालै आयोजना स्थल अनुगमन गरी सार्वजनिक सुनुवाइ गरेको थियो । तर, वर्षौँदेखि सिँचाइ अभाव झेल्दै आएका स्थानीय किसानहरूले असन्तुष्टि जनाउँदै सुनुवाइ कार्यक्रम नै बहिष्कार गरेका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?