सुनचाँदीको मूल्यमा फेरि गिरावट, सुन तोलामा १ हजार १ सय रुपैयाँ सस्तियो
जलसरोकार
काठमाडौँ : नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ। एकैदिन सुन प्रतितोला १ हजार १ सय रुपैयाँ र चाँदी ८० रुपैयाँले सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार प्रतितोला ३ हजार ६ सय रुपैयाँ रहेको चाँदी सोमबार घटेर ३ हजार ५ सय २० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
पछिल्ला दिनमा सुनचाँदी दुवैको मूल्यमा लगातार गिरावट देखिँदा नेपाली बजारमा यी बहुमूल्य धातु खरिद गर्ने उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कोप-३१ मा स्वकीय सचिव शिरिष पाण्डेको प्रतिनिधित्वदेखि ऊर्जा मन्त्रालयभित्रको कथित समानान्तर शक्ति केन्द्रसम्म
-
आगामी हिउँदमा ४६२ मेगावाट विद्युत् अभाव हुने
-
बाढीले थला पारेका आयोजना पुनः सञ्चालनमा ल्याउँदै सान्वी इनर्जी नाफामा, पहिलो त्रैमासमा ५ करोड ८ लाख खुद मुनाफा
-
सोलु हाइड्रोपावरको पहिलो त्रैमासमा ७४ करोड २१ लाख रुपैयाँ खुद नाफा, प्रतिशेयर आम्दानी ७.४२ रुपैयाँ
-
सुनचाँदीको मूल्यमा फेरि गिरावट, सुन तोलामा १ हजार १ सय रुपैयाँ सस्तियो
-
विपद्का बेला नेपाली सेना अग्रपङ्क्तिमा : ४ हजार ८१ जनाको हवाई उद्धारदेखि सुरुङमा फसेका तीन जनाको जीवनरक्षासम्म