एनएमबी बैंकका ग्राहकलाई भारतको मेदान्त अस्पतालमा विशेष छुट
भिसा डेबिट तथा क्रेडिट कार्डवाहकले ओपीडीदेखि आईपीडी सेवासम्म सहुलियत पाउने
जलसरोकार
काठमाडौं : एनएमबि बैंकले भारतस्थित मेदान्त अस्पतालसँग साझेदारी गर्दै आफ्ना ग्राहकलाई विशेष स्वास्थ्य सेवा छुट उपलब्ध गराउने भएको छ । बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार एनएमबी बैंकका भिसा डेबिट तथा क्रेडिट कार्डवाहकले मेदान्त अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट पाउनेछन् ।
यस सहकार्यअन्तर्गत ग्राहकहरूले ओपीडी परामर्श, प्रयोगशाला सेवा, रेडियोलोजी सेवा तथा प्रिभेन्टिभ हेल्थ प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । त्यसैगरी आईपीडी सेवाअन्तर्गत रुम भाडा तथा विभिन्न जाँच सेवामा १० प्रतिशत छुट उपलब्ध हुने बैंकले जनाएको छ ।
बैंकका अनुसार यो सहकार्यले बैंकिङ सेवाभन्दा बाहिर पनि ग्राहकलाई उपयोगी सुविधा उपलब्ध गराउने उद्देश्य राखेको छ । गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न यस्तो पहल गरिएको बैंकले उल्लेख गरेको छ ।
यससम्बन्धी थप जानकारीका लागि ग्राहकहरूले एनएमबी बैंकको ग्राहक सेवा नम्बर ०१–५९७०१५० मा सम्पर्क गर्न वा [email protected] मा इमेल गर्न सक्ने बैंकले जनाएको छ ।
हाल एनएमबी बैंकले देशभर १९८ शाखा, १७६ एटीएम तथा ९ विस्तारित काउन्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से १२ अंक घटेर २५८७ मा झर्यो, कारोबार रकम पनि घट्यो
-
जलविद्युत् बीमा क्षतिपूर्ति दिने माध्यम मात्र होइन, जोखिम घटाउने प्रणाली बन्नुपर्छ : रजौरिया
-
चार्जर प्लगमै छोड्दा विद्युत् खपतको ५ देखि २० प्रतिशतसम्म अनावश्यक रूपमा बिजुली खेर जान्छ : मन्त्री श्रेष्ठ
-
बैंकिङ प्रणालीको अधिक तरलता खिच्दै राष्ट्र बैंक, १८ अर्बको निक्षेप संकलन उपकरण निष्कासन
-
प्रसारण लाइनका अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ आयोजना यसै वर्ष पूरा हुने
-
बाढीले रेलेखोला जलविद्युत् आयोजना बन्द, बाँधमा क्षति र पहुँचमार्ग अवरुद्ध