जनताको कामलाई छिटोछरितो सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
जलसरोकार
धनकुटा : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको कामलाई छिटोछरितो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा यहाँस्थित सरकारी कार्यालयका प्रमुखहरुसँग आज भएको बैठकमा उहाँले दुई ठूला दल मिलेर वर्तमान सरकार बनेकाले जनतालाई अनुभूति दिलाउने गरी जनताको काम छिटोछरितो सक्ने गरी गर्न निर्देशन दिएका हुन् ।
“उच्च मनोवलका साथ जनताको काम चाँडो सम्पन्न हुनेगरी काम गर्नुहोस्, सरकार तपाईहरुको साथमा छ,”–उनले भने । वर्तमान सरकार स्थायी सरकार भएकाले कर्मचारीलाई ढुक्क भएर कार्यसम्पादन गर्न उनले आग्रह गरे । मन्त्री खड्काले पूर्वी पहाडी जिल्लाका समस्यालाई सम्बोधन गर्न आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
जलस्रोत तथा ऊर्जा आयोग सचिवालयका सचिव सुरेश आचार्यले कृषि र पर्यटनमार्फत धनकुटाको विकास सम्भव रहेको बताए । उनले यहाँका कृषि उत्पादनलाई बजारीकरण गर्नसके यस जिल्लाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले ऊर्जा क्षेत्रको विकास भएमात्र देशको विकास हुने बताए । उनले यहाँका बाँझो जग्गालाई सिँचाइ सुविधा पुर्याउन सके कृषिको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले धनकुटाको वर्तमान अवस्था र आगामी गर्नुपर्ने कामको बारेमा जानकारी गराएका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा