बैतडीको लगनमा पहिलोपटक बल्यो बिजुली
जलसरोकार
बैतडी,: बैतडीको सिगास गाउँपालिका–३ स्थित लगन बजारमा पहिलोपटक बिजुली पुगेको छ । गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको संयुक्त प्रयासमा उक्त स्थानमा बिजुली पुगेको हो ।
लामो पर्खाइपछि बत्ती बाल्न पाएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । गाउँपालिका –३ का वडाअध्यक्ष अमरसिंह धामीले पहिलोपटक बिजुली पुग्दा यहाँका बासिन्दा निकै खुसी भएका र यस्तै खुसी ल्याउन बिजुली नपुगेका ठाउँमा विस्तारका लागि पहल भइरहेको बताए ।
उनले पालिकाका ठूलीसैनी लगन, चामडाया, पैरा, मल्लीसैनीलगायतका टोलमा चाँडै बत्ती बाल्ने गरी काम भएको जानकारी दिए । “धेरै प्रयासपछि यहाँ विद्युत् विस्तार भएको छ । अब बाँकी रहेका टोलका लागि पनि वडा नं ३ कै चमडेखर्कमा ट्रान्सफर्मर जडानको काम भइसकेको र ती क्षेत्रमा छिट्टै बिजुली बाल्ने छौँ”, वडाअध्यक्ष धामीले भने ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स