दाङका विकट बस्तीमा विद्युत् सेवा पुर्याइँदै
जलसरोकार
तुलसीपुर: दाङका विकट क्षेत्रका नागरिकलाई विद्युत् पुर्याउने गरी काम थालिएको छ । पश्चिम दाङको विकट क्षेत्र शान्तिनगर, बबई र दङ्गीशरण गाउँपालिका तथा तुलसीपुर उपमहानगरपालिकाकै केही भागमा अझै पनि विद्युत् नपुगेको जनाउँदै ती स्थानमा विद्युत् पुर्याउने गरी काम अगाडि बढाइएको नेपाल विद्युत् वितरण केन्द्र तुलसीपुरका प्रमुख शिवनारायण गोशलीलले बताए ।
उनका अनुसार अझै पनि यी क्षेत्रका चार हजार दुई सय बढी घरधुरीमा विद्युत् नपुगेकाले ती क्षेत्रमा विद्युत् पुर्याउनका लागि प्रक्रिया अघि बढेको हो । “म प्रमुख हुँदासम्म यहाँका विकट बस्तीका घरमा विद्युत् पुर्याउने योजना छ, जिल्लाका विकट बस्तीमा अझै पनि विद्युत् पुगेको छैन”, उनले भने,“त्यसका लागि प्रक्रिया अघि बढिसकेको छ ।” ती बस्तीमा विद्युत् पुर्याउनका लागि करिब रु २५ करोड बजेट सुनिश्चित भइसकेको समेत बताए । त्यो बजेट कार्यान्वयन भएमा सबै ठाउँमा विद्युत् पुग्ने उनको भनाइ छ । चीनको एआइआइबी बैंकको लगानीमा विद्युत् विस्तार हुन लागेको हो । “दाङजस्तो विकसित जिल्लामा समेत अझै पनि विद्युत् नपुगेको ठाउँ छ, भन्दा अच्चमा लाग्ने गर्छ”, प्रमुख गोशलीले भने,“अब सबै ठाउँ विद्युत् पुग्यो, भन्ने बनाउनुछ ।”
दङ्गीशरण गाउँपालिकाको वडा नं १, शान्तिनगर गाउँपालिकाको वडा नं १, २ र ३, बबई गाउँपालिकाको वडा नं १, ५र ७ तथा तुलसीपुर उपमहानगरपालिकाको १, ३, ४, ८ र १२ नम्बर वडाका केही बस्तीमा अझै पनि विद्युत् पुग्न सकेको छैन । केही समय अघि दाङको तुलसीपुर–४ खुमखानी, शान्तिनगर गाउँपालिका–१ बस्तीखोला, हारीचारजस्ता विकट ठाउँमा विद्युत् पुर्याइएको थियो । (रासस)
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पुनर्बिमा कम्पनीको शेयरमा सकारात्मक सर्किट, नेप्सेमा सामान्य वृद्धि
-
नवीकरणीय ऊर्जालाई अनुदानमा सीमित नराखी अर्थतन्त्रको आधार बनाउनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ
-
सानिमा मिडिल तमोर हाइड्रोपावरको नाफा दोब्बरभन्दा बढी, पहिलो त्रैमासमै कमायो ४२ करोड ९६ लाख
-
सात वर्षदेखि सरकारी गाडी निजी प्रयोगमा ? सिंचाईंका सि.डि.ई. नारायणप्रसाद सुवेदीमाथि प्रश्न
-
सुनको मूल्य बढ्यो, चाँदी भने घट्यो
-
खानीखोला र माया खोला हाइड्रोपावरको नाफामा उछाल, दुवै कम्पनीको वित्तीय अवस्थामा सुधार