बाढीले कमला नहर सिँचाइ आयोजनामा साढे सात करोडको क्षति
जलसरोकार
सिरहा, : केही दिनअघि आएको बाढीले कमला नहर सिँचाइ आयोजनामा क्षति पु¥याएको छ । नहर, ‘साइफन’ तथा सिँचाइको प्रमुख केन्द्रमा बालुवा पसेर क्षति पुर्याएको हो ।
कमला नहर सिँचाइ आयोजना कार्यालयका अनुसार नहर सिँचाइ आयोजनामा बाढी पसेर करिब रु सात करोड ५० लाख बराबरको भौतिक क्षति पुर्याएको छ ।
नहरको पूर्वी क्षेत्रको प्रणाली सिरहा, पश्चिमी क्षेत्रको प्रणाली तथा हर्दिनाथ सिँचाइ प्रणाली गरी रु साढे सात करोडबढीको भौतिक क्षति भएको प्रारम्भिक तथ्याङ्क सङ्कलन गरिएको आयोजना प्रमुख वीरेन्द्र यादवले बताए ।
सिरहा र धनुषाको गरी कुल २७ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइरहेको सो आयोजनाको क्षमता थप भई पछिल्लो समय ३८ हजार हेक्टर पुगेको थियो । अविरल वर्षासँगै आएको बाढीबाट क्षतिग्रस्त हँुदा सिँचाइमा समस्या भएको प्रमुख यादवले बताए ।
कमला नहरसहित नहरसम्म पुग्ने ग्राभेल बाटोमा क्षति हुनुका साथै भौतिक संरचना नष्ट भएका अयोजना कार्यालयका सबइञ्जिनियर सुभाष यादवले जानकारी दिए । ती संरचना पुनःनिर्माण गर्न आर्थिक अभाव भएकाले सरोकार भएका निकायले सहयोग गर्नुपर्ने उनले उल्लेख गरे ।
कमला नहर किसानका लागि वरदान जस्तै बनेको थियो । यथाशीघ्र पुनःनिर्माण गरी किसानलाई सहज रुपमा सिँचाइको सुविधा पुर्याउनुपर्नेमा कर्जनहा नगरपालिकाका ममता यादवले जोड दिइन् ।
आयोजनाले धनुषाका चारनाथ, सबैला, सहिद, विदेह, कमला, हंसपुर नगरपालिका तथा औरही र जनकनन्दनी गाउँपालिकाका साथै सिरहातर्फ कर्जन्हा, मिर्चेया, कल्यानपुर, सिरहा र सुखिपुर नगरपालिका तथा विष्णुपुर र औरही गाउँपालिकामा सिँचाइ सुविधा पुर्याएको छ ।
विसं २०१७ मा तत्कालीन सिँचाइमन्त्री गणेशमान सिंहले उक्त आयोजना शिलान्यास गर्नुभएको थियो । आयोजनाले विसं २०४० देखि सिँचाइ सुविधा पुर्याउन थालेको हो ।
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत्काे २२० केभी प्रसारण लाइन निर्माण ८२ प्रतिशत पूरा
-
पश्चिमी वायुको प्रभाव बढ्दा देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
-
एनआरएनए कतारले १० नेपाली श्रमिकका परिवारलाई कतार घुमाउँदै, परिवारसँग गराउँदै पुनर्मिलन
-
हेटौँडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम समयमै सक्न मन्त्री श्रेष्ठको निर्देशन
-
सुन र चाँदी दुवैको मूल्य घट्दा आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
बाढीपहिरोले म्याग्दीका जलविद्युत् आयोजनामा ठूलो क्षति, २१६ मेगावाटको उत्पादन ठप्प