कपिलवस्तुको बाणगङ्गा नदी वरपर तटबन्ध निर्माण सुरु
जलसरोकार
कपिलवस्तु : कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नं १० हरदौनास्थित बाणगङ्गा नदीको तटबन्ध कार्यक्रम सुरु भएको छ ।
गत असार दोस्रो साता बाणगङ्गा नदीमा आएको बाढीले वस्तीमा क्षति पुगेपछि कपिलवस्तुका संघीय सांसद सुरेन्द्रराज आचार्यलगायतको टोली वस्ती जोगाउनका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पुगेको थियो ।
नदी वरपरको वस्तीमा क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उक्त नदी वरपर तत्काल तटबन्धको काम अगाडि बढाउन जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर पाँच वुटवल रुपन्देहीलाई निर्देशन दिएका थिए ।
मन्त्री खड्काको निर्देशनसँगै उक्त नदीमा तटबन्धको काम धमाधम भइरहेको छ । कार्यालयका प्रमुख, सिनियर डिभिजनल इन्जिनियर शम्भुराज पण्डितले हालसम्म १०० मीटर जमीनमा तटबन्ध कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिए । उक्त बाढीले दुई घर विस्थापित हुनुका साथै २५ घर जोखिममा परेका थिए भने तीन रोपनी जग्गामा क्षति पु¥याएको थियो ।
“कार्यालयमा नदी तटबन्धको लागि आकस्मिक बजेट नभएपछि आवश्यक रकम मागका लागि विभाग र मन्त्रालयमा पठाएका थियौँ, मन्त्रालयकै निर्देशनमा उक्त कामलाई अगाडि बढाएका हौँ,”– कार्यालय प्रमुख पण्डितले भने ।
कुल १७० मीटर क्षेत्रफलमा तटबन्ध गर्नुपर्ने भएपनि हालसम्म १०० मीटरमा तटबन्धनको काम सम्पन्न भइसकेको छ । २४ लाख रुपैयाँ लागतमा तटबन्धको काम सम्पन्न हुन लागेको हो
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?