रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत नहर विस्तार कार्यका लागि बोलपत्र आह्वान
जलसरोकार
काठमाडौं : कैलाली, १ जनवरी २०२६ – कैलालीको टिकापुरस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत तेस्रो चरणको आधुनिकीकरण कार्यक्रमका लागि नहर विस्तार तथा संरचना निर्माण कार्यका लागि बोलपत्र आह्वान गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले बुधबार सार्वजिनक सूचना मार्फत यो जानकारी सार्वजनिक गरेको हो।
विभागले प्रकाशित गरेको सूचनाअनुसार, पथरैया एक्सटेन्सन क्यानाल (PEC) र सम्बन्धित संरचनाहरू निर्माण गर्न इच्छुक योग्य निर्माण व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र पेश गर्न आमन्त्रण गरिएको छ। यो आयोजना विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन हुने बताइएको छ।
आयोजनाअन्तर्गत कैलाली जिल्लामा करिब १३ किलोमिटर लामो नहर निर्माण गरिनेछ। साथै, माटो कटान, नहर लाइनिङ, एक्वाडक्ट, साइफोन, हेड रेगुलेटर तथा क्रस रेगुलेटरजस्ता विभिन्न संरचनाहरू निर्माण हुनेछन्। ठेक्काको अवधि तीन वर्ष रहनेछ।
बोलपत्रसम्बन्धी कागजात अंग्रेजी भाषामा उपलब्ध हुनेछन् र यसको मूल्य २० हजार नेपाली रुपैयाँ तोकिएको छ। इच्छुक बोलपत्रदाताले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमार्फत कागजात डाउनलोड गर्न सक्नेछन् वा आयोजनाको कार्यालयबाट प्राप्त गर्न सक्नेछन्।
बोलपत्र पेश गर्ने अन्तिम मिति २०२६ फेब्रुअरी १६, दिउँसो १२ बजे तोकिएको छ। प्राविधिक प्रस्ताव सोही दिन दिउँसो १ बजे खोलिनेछ भने वित्तीय प्रस्ताव प्राविधिक मूल्याङ्कन पश्चात् मात्र खोलिने जनाइएको छ।
साथै, बोलपत्रदाताले ६ लाख ५० हजार अमेरिकी डलर वा सो बराबरको नेपाली रुपैयाँ बराबरको बोलपत्र जमानत पेश गर्नुपर्नेछ।
यस आयोजनाले सिँचाइको पहुँच बढाउँदै कैलाली क्षेत्रको कृषि उत्पादन र किसानको आयमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पुनर्निर्माण कोषमा २५ लाख सहयोग
-
साताको अन्तिम कारोबार दिन सेयर बजार १२.८३ अंकले घट्यो, कारोबार रकम खुम्चियो
-
महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
-
रसुवागढी नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत नहर विस्तार कार्यका लागि बोलपत्र आह्वान