प्राधिकरणले सुरु गर्यो उद्योगहरूमा लाइन जोड्न
जलसरोकार
काठमाडौं, ः नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा लाइन जोड्न क्षेत्रीय कार्यालयहरुलाई पत्रचार गरेको छ,। कात्तिक २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड र ट्रंक लाइन विवादमा लाइन काटिएका उद्योगहरुमा पुनः लाइन जोड्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।
मन्त्रिपरिषद्को निर्देशनलाई कार्यन्वयन गर्न कात्तिक २७ गते बसेको प्राधिकरणको बोर्ड बैठकले उद्योगहरूमा लाइन जोड्न निर्णय गरेको थियो । सो निर्देशनमोजिम प्राधिकरणले मातहतका कार्यालयहरूलाई लाइन जोड्न पत्राचार गरेको हो ।
प्रधिकरणले’मंगलबार राति ११ बजेदेखि लाइन जोड्न सुरु गरेको हो । हिजो राति ६ उद्योगमा लाइन जोडिएको थियो । अहिले थप उद्योगमा जोड्न थालिएको छ । बिहानभर सबैमा सकिन्छ,’ प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भने ।
महसुल भुक्तानी नगरेपछि प्राधिकरणले कार्तिक ८ गते ३४ ठूला उद्योगको लाइन काटेको थियो । त्यसमध्ये ६ उद्योगले किस्तामा महसुल बुझाउन थालेपछि प्राधिकरणले यसअघि नै लाइन जोडिसकेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स