प्राधिकरणले सुरु गर्यो उद्योगहरूमा लाइन जोड्न
जलसरोकार
काठमाडौं, ः नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा लाइन जोड्न क्षेत्रीय कार्यालयहरुलाई पत्रचार गरेको छ,। कात्तिक २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड र ट्रंक लाइन विवादमा लाइन काटिएका उद्योगहरुमा पुनः लाइन जोड्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।
मन्त्रिपरिषद्को निर्देशनलाई कार्यन्वयन गर्न कात्तिक २७ गते बसेको प्राधिकरणको बोर्ड बैठकले उद्योगहरूमा लाइन जोड्न निर्णय गरेको थियो । सो निर्देशनमोजिम प्राधिकरणले मातहतका कार्यालयहरूलाई लाइन जोड्न पत्राचार गरेको हो ।
प्रधिकरणले’मंगलबार राति ११ बजेदेखि लाइन जोड्न सुरु गरेको हो । हिजो राति ६ उद्योगमा लाइन जोडिएको थियो । अहिले थप उद्योगमा जोड्न थालिएको छ । बिहानभर सबैमा सकिन्छ,’ प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भने ।
महसुल भुक्तानी नगरेपछि प्राधिकरणले कार्तिक ८ गते ३४ ठूला उद्योगको लाइन काटेको थियो । त्यसमध्ये ६ उद्योगले किस्तामा महसुल बुझाउन थालेपछि प्राधिकरणले यसअघि नै लाइन जोडिसकेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिसो अत्यधिक बढेसँगै विद्युत् उत्पादनमा भारी कटौती
-
काबेली-३ जलविद्युत आयोजना अन्तिम चरणमा, चैतको सुरुवातमै विद्युत उत्पादनको लक्ष्य
-
सेयर बजार २६ सयभन्दा तल झर्यो, कारोबार रकम भने केही बढ्यो
-
काम अलपत्र पारे ठेक्का रद्द गरिने : मन्त्री घिसिङ
-
मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
-
हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?